सिन्धुली– राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नबौं जिल्ला अधिवेशन आईतबार एक समारोह बीच सिन्धुलीमाढीमा उदघाटन भएको छ । अधिवेशनको उदघाटन शत्रमा प्रमुख अतिथीको रुपमा बोल्दै राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले नेकपा(माओवादी केन्द्र)का नेता राजन दाहाल जेलको काठकोठरीमा जाने बताउनुभएको छ ।
बस्नेतले भन्नुभयो, “प्रचण्डद्धारा पालित पोषित अपराधिका नाईके, ईश्वर पोखरेल, पशुपति चौलागाई लगायतका नेतालाई तामाकोशीमा फाल्ने योजनाकार, रामटारमा नेकपा(एमाले)को क्षेत्रीय कमिटीमा भाग लिन आईरहेका हामी लगायतका नेताहरुलाई आक्रमण गर्ने, हाम्रो टिमबाट लाखभन्दा बढी रकम लुट्ने केशव देवकोटालाई अपहरण गर्ने ब्यक्ति राजन दाहाल भन्ने मान्छे जेलको कालकोठरीमा १, २, ३ जान्छ ।”
नेता बस्नेतले राजन दाहाल सामाजिक अराजकताबादी र फासिवादी भएको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो, “राजन दाहालका हरेक अपराध युवा संघ नेपालको बहिखातामा लेखेर राखेका छौं, सबैको एक एक हिसाब किताब हुन्छ ।”
पछिल्लो समय नेकपा(एमाले)का अध्यक्ष केपी ओली बिरुद्ध राजन दाहालले अराजक अभिब्यक्तिहरु दिदै आएको प्रति आक्रोश ब्यक्त गर्दै बस्नेतले अराजक र अपराधिक चरित्रका उनलाई युवा संघ र नेकपा(एमाले)ले तह लागाउने समेत बताउनुभयो । प्रचण्ड, माधव नेपाल र बावुरामलाई सेना बिहिन सेनापति बनाउने बताउँदै बस्नेतले भन्नुभयो, “हामी युवा संघलाई रहरलाग्दो, भरलाग्दो र डरलाग्दो संगठनको रुपमा बिकास गछौं, अन्य पार्टीमा भएका इमान्दार कम्युनिष्ट कार्यकर्ताहरुलाई नेकपा(एमाले)का गोलबद्ध गर्दै प्रचण्ड, माधव नेपाल र बावुरामलाई सेना बिहिन सेनापति बनाईदिन्छौं ।”
सरकारले विभिन्न् काण्डहरु अगाडि सारेर स्टण्डबाजी गरिरहेको र हरेक घटनाको अनुसन्धानमा प्रचण्डले आफ्नै र आफ्ना वरपरका ब्यक्तिहरुको अनुहार देखेपछि रोकिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धान शेरबहादुर देउवा, माधव नेपाल, बावुराम, कृष्ण बहादुर महरा, मञ्जु खाड, बर्षमान पुनकोमा पुगेपछि टुंगिन्छ ।” हरेक भ्रष्टाचारका घटनामा प्रचण्डका आफ्नै वरिपरिका मान्छेहरु र आफ्नै अनुहार देख्ने गरेको नेता बस्नेतले आरोप लगाउनुभयो ।
जिल्ला संयोजक मिजास कार्कीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रिय कार्यवाहक अध्यक्ष पुष्पराज श्रेष्ठले जनजीवीका र जनसरोकारका मुद्धामा युवा संघ सधै अग्रमोर्चामा रहेर आन्दोलनरत रहेको बताउँदै सरकार नितीगत भ्रष्टाचारमा ब्यस्त रहेको बताउनुभयो ।
युवा संघ सुखी नेपाली र सबृद्ध नेपाल निर्माण गर्ने नेकपा(एमाले)का अभियानमा अग्रपत्तिमा रहेर राष्ट्र र राष्ट्रियताको पक्षमा युवाहरुलाई गोलबद्ध गर्दै बिकृति र बिसंगतिका बिरुद्ध निरन्तर अग्रमोर्चामा खटिरहने श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले जिल्लामा मौलाउँदै गएको अपराधिक चरित्रका ब्यक्तिहरुलाई युवासंघले राजनैतिक सबक सिकाउने समेत बताउनुभयो । कार्यक्रममा नेकपा(एमाले) सिन्धुली जिल्ला इन्चार्ज खेम लोहनी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष सिता सुनेल, जिल्ला अध्यक्ष कुमार बहादुर कार्की लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काधमा भन्ने मुल नाराका साथ सम्पनन् हुन लागेको जिल्ला अधिवेशन आज सम्म जारी रहने र अधिवेशनले नयाँ राजनैतिक, संगठनात्मक कार्ययोजना सहित नयाँ नेतृत्व चयन गर्ने जिल्ला संयोजक मिजास कार्कीले जानकारी दिनुभयो ।