सिन्धुली, – कमला सामुदायिक पुस्तकालय सिन्धुलीको आठौ अधिवेशनले कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलार्य पुनः अध्यक्षमा चयन गरेको छ । १६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शुक्रवार आयोजित आठौ अधिवेशन एवम् साधारणसभाले पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
साधारण सभा तथा अधिवेशनले कार्यसमितिको पदाधीकारी हरु पछि चयन हुने गरि सदस्यमा बिश्वनाथ बराल, रेशम पोखरेल, नारायण प्याकुरेल, सन्तोष दाहाल, मन्जु बर्मा, शिव कुमारी रायमाझी, विवेचना दाहाल र सिता चौलागाई लाई चयन गरेको छ ।
कमलामाई नगरपालिकाका नगर प्रमुख तथा पुस्तकालयका अध्यक्ष उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । कमला पुस्तकालय नेपाल सरकार शिक्षा मन्त्रालय द्वारा सिन्धुली जिल्लाको सक्रिय पुस्तकालयको रुपमा मान्यता प्राप्त गरेको पुस्तकालय हो ।
कार्यक्रमको अवसरमा पुस्तकालयको स्थापना कालमा बिशिष्ट योगदान पुर्याउनुहुने उदय नारायण श्रेष्ठलाई सम्मान गरिएको छ ।
त्यस्तै १६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा “पुस्तौ पुस्ताको लागि, पुस्तकालय” भन्ने शिर्षकमा निबन्ध प्रतियोगिताको आयोजना गरिएको छ । निबन्ध प्रतियोगितामा श्री जनज्योति मावि फोस्रेटारकी जिबिसा ढकाल प्रथम, गौमती नमुना मावि की रोजिना चौलागाई द्धितिय, कमला मावि ढुंग्रेबासकी मनिषा थापा तृतिय र कमला मावि ढुंग्रेबासका सुवास पाहाडी र जनज्योति मावि फोस्रेटारका देव पोख्रेलले सानत्वना स्थान हासिल गरेका छन् ।
निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद ३ हजार सहित स्टेशनरीका सामान, द्धितिय स्थान हासिल गर्नेलाई २ हजार तृतिय स्थान हासिल गर्नेलाई १५ सय र सानत्वना स्थान हासिल गर्नेलाई १ हजार प्रदान गरिएको छ ।