सिन्धुली– सिन्धुलीमा लागु औषधको प्रयोग चिन्ताजनक रूपले बढ्दै गएको छ । पछिल्लो समय सडक सञ्जालको सहजताका कारण लागु औषध सहजै सिन्धुली भित्रिने गरेको छ । गाँजा लगायतका लागूपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर किशोरीदेखि युवाहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।
मुख्यत वीपी राजमार्ग र मदन भण्डारी राजमार्गको प्रयोग गरी लागु औषधको ओसार पसार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले राजमार्गबाट दैनिक जसो लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने गरेको छ । राजमार्ग मात्र होइन घरैपीच्छे कुनै न कुनै किसिमको लागु पदार्थको सेवन गर्नेहरुको संख्या बढ्दै गईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार पछिल्लो तीन बर्षमा १ सय २० वटा लागु औषधका मुद्धा दर्ता भएका छन । आर्थिक वर्ष २०७७/७८ मा ३२, आर्थिक वर्ष २०७८/७९ मा ४९ र आर्थिक वर्ष २०७९/८० मा ३९ मुद्धा दर्ता भएका छन ।
सिन्धुलीको प्रहरी हिरासतमा पक्राउ परेका मध्ये झण्डै दुई तिहाई थुनुवाहरु लागु औषध मुद्दाका भेटिन्छन् । कारागारमा पनि अधिकांश कैदी बन्दीहरु लागु औषध मुद्धाका छन् । अझ डरलाग्दो पक्ष त के छ भने पछिल्लो समय १५÷१६ उमेर समुहका बालकहरु देखि ४०÷४५ नाघेका ब्यक्तिहरु समेत लागु औषधको नसामा फस्दै गएका छन् ।
जिल्लाको कमलाखोज तथा मरिण क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गईरहेको स्थानीयहरुले बताएका छन । मधेशसँगको नजिकको सम्बन्धका कारण विभिन्न खालका लागुऔषध सिन्धुली भित्रने गरेको छ ।
लागु औषध प्रयोगकर्ता युवा, किशोर किशोरीको संख्या बढ्दै जानु चिन्ताको विषयमा बन्दै गएको छ । लागुऔषध सामाजिक र आर्थिक विकासका लागि ठुलो चुनौतीको रूपमा खडा भएको छ ।
पछिल्लो समय बिभिन्न कारणले लागु औषध सेवनकर्ताहरु बढ्दै जादा यसले ब्यक्तिको ब्यक्तित्व मात्र नष्ट गरेको छैन घर परिवार, समाज र राष्ट्रलाई नै नोक्सानी पु¥याइरहेको छ । लागु औषधको सेवनले ब्यक्तिको ब्यत्तित्व त नष्ट गरेकै छ त्यसको कारणबाट चोरी, लुटपाट, बलत्कार र घरेलु हिंशाका घटना बढाउनमा समेत मद्धत पु¥याइरहेको छ । ब्यक्तित्वको बिकाश र राष्ट्र निमार्णमा लाग्नु पर्ने उर्जावान युवाहरु लागु औषधको दलदलमा फस्दा जिवनलाई नै बर्वादीतर्फ धकेल्दै गइरहेका छन् ।
लागुऔषध रोकथाम गर्न सबै भन्दा पहिलो परिवारबाटै ध्यान दिन जरुरी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बिद्यालयमा पनि शिक्षक तथा बिद्यालय ब्यवस्थापन समितिले ध्यान दिनुप¥यो । सबै सचेत नागरिकले यदी कुनै ब्यक्ती कुलतमा लागेको छ भन्ने लागेमा नजिकको प्रहरीमा सम्पर्क गर्ने तथा सबै अभिभावक सचेत र सजग भएर आफना बालबच्चाको निगरानी गर्ने गरेमा यसलाई रोकथाम गर्न सकिन्छ ।”
लागूऔषध बनयन्त्रण ऐन, २०३३ र लागूऔषध सम्बन्धी नेपाल सरकारका निती नियमहरुको प्रभावकारी कार्यान्वयन गर्दै स्थानीय सरकारले लागु औषध नियन्त्रणका लागी गतिविधीहरु गर्नुपर्ने देखिन्छ ।