सिन्धुली– सिन्धुलीको सुनकोशी नदि किनारमा बुधबार बेवारिसे लास फेला परेको छ । गोलन्जोर गाउँपालिका–७ खुर्कोट स्थित रामेछाप जाने झोलुंगे पुल मुनि सुनकोशी नदिमा नाम, थर, बतन नखुलेको पुरुष ब्यक्तिको लास फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उक्त लासको प्रारम्भीक अनुसन्धान पछि पोष्टमार्टमका लागी सिन्धुली जिल्ला अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।