बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली मोटरसाईकल दुर्घटनामा दुई जना घाईते

बिहिवार , भाद्र १४, २०८०

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकामा भएको मोटरसाईकल दुर्घटना परि दुई जना घाईते भएका छन । बिहिबार तिनपाटन गाउँपालिका–१ डामडुमेमा बा ५५ प २७०७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मोटरसाईकल चालक तिनपाटन गाउँपालिका–२ का १६ बर्षिय आशिष श्रेष्ठ र मोटरसाईकल पछाडि सवार तिनपाटन–२ कै १५ बर्षिय मोतिविक्रम थापा घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।

घाईतेहरु मध्ये थापाको अवस्था गम्भीर रहेको र प्राथामिक स्वास्थ्य केन्द्र बेलघारीमा सामान्य उपचार पछि थप उपचारका लागी दुबैजनालाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै मदन भण्डारी राजमार्ग स्थित हरिहरपुरगढी गाउँपालिका–२ चैनपुरमा मोटरसाईकलको ठक्करबाट एक बालक घाईते भएका छन । ना १६ प ४७०७ नम्बरको मोटरसाईकलले हरिहरपुरगढी गाउँपालिका–२ का १० बर्षिय बालक राजकुमार गदाईलीलाई ठक्कर दिई घाईते बनाएको र घाईते बालकलाई उपचारको लागी हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया