सिन्धुली – नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रम २०८० भब्यताका साथ मनाउनका लागी कमलामाई नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको छ ।
प्रत्येक वडामा तिज विशेष कार्यक्रमका लागी कमलामाई नगरपालिकाको तर्फबाट रु.२५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहालले बताउनुभयो ।
नगरपालिका कार्यालयले वडामा रहेका महिला समुह, महिला सहकारी संस्था, बाल क्लव, किशोरी समुह तथा सरोकारवालाहरुसँगको उपस्थितीमा भब्यताका साथ तिज बिशेष कार्यक्रम मनाउन आग्रह समेत गरेको छ ।
तिज आउन झण्डै ३ हप्ता बाँकी हुँदा नै बिभिन्न् संघ, संस्था तथा महिला समुहहरुले तिज पर्व विशेष कार्यक्रम सुरु गरिसकेका छन । यस बर्षको तिज पर्व असोज १ गते परेको छ ।
