सिन्धुली – समाज आधुनिकीकरण तर्फ अघि बढ्दै गर्दा आत्महत्याको घटना बढ्नु आफैमा चिन्ताको विषय भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिलवालले पछिल्लो समयमा शिक्षाको विकास हुँदै गए पनि शैक्षिक तथा मनोवैज्ञानिक चेतनाको कमीले आत्महत्याको दर बढ्दै गएको बताउनुभयो ।
प्रहरी प्रमुख सिलवालले भन्नुभयो, “मान्छे शिक्षित छ तर मनोवैज्ञानिक रूपमा कमजोर छ, आत्मबल कमजोर छ यसले उसलाई आत्महत्यातर्फ डोर्याएको छ, यसका लागि विद्यालय तहदेखिनै मनोपरामर्श र मनोवैज्ञानिक शिक्षा दिन जरुरी छ ।”
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार तीन वर्षमा सिन्धुलीमा दुई सय सय २३ जनाले आत्महत्या गरेका छन । आत्महत्या गर्नेहरु मध्ये १ सय ९१ जनाले झुण्डिएर आत्महत्या गरेका छन भने ३२ जनाले बिष खाएर आत्महत्या गरेका छन ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ६२ जना, आर्थिक बर्ष २०७८/७९ मा ६६ जना, आर्थिक वर्ष २०७९/८० मा ८८ जना र चालु आर्थिक वर्षको २ महिनामा ७ जनाले आत्महत्या गरेका छन ।
सामाजिक सञ्जालको गलत प्रयोगका कारण किशोरकिशोरीले आत्महत्या गर्ने क्रम बढेको प्रहरी अनुसन्धानले देखाएको छ । सामाजिक सञ्जालमा बसेको मायाप्रेम र बिछोडका कारण १४ वर्षीय बालकले समेत आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । आत्महत्या गर्नेमा १४ वर्षदेखि ६० वर्षसम्मका छन । १९ वर्षमाथि र ४० वर्षमुनिका युवायुवतीले बढी आत्महत्या गर्ने गरेको प्रहरीको भनाई छ ।
विषेश गरी युवामा मायाप्रेम र त्यसभन्दा माथिल्लो पुस्तामा पारिवारिक र आर्थिक कारणले आत्महत्याको दर बढेको अनुसन्धानले देखाएको छ । केही युवा लागुऔषधको कुलतमा फसेपछि आत्महत्याको बाटोमा अग्रसर भएको पाइएको छ ।
“जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ, यसले समाज डरलाग्दो अवस्थामा जाँदै छ भन्ने अवस्थाको चित्रण गरेको छ”, प्रहरी उपरिक्षक सिलवालले भन्नुभयो, “त्यसैले पनि बेरोजगार युवाहरूलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।”
आत्महत्या गर्नुको पछाडि पारिवारिक बेमेल, सम्बन्धको अन्त्य, गरिबी, मानसिक रूपमा निकै कमजोर, मनोरोग, अत्यधिक मादक पदार्थ तथा लागू औषधको सेवन जस्ता कारणहरू रहेको प्रहरी प्रमुख सिलवालले बताउनुभयो ।
यस्तै, प्रहरीले आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सन्चालन, समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत आत्महत्या गर्नसक्ने लक्षित वर्गको पहिचान गरी आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन, नेपाल प्रहरीको सामाजिक सञ्जालमा आत्महत्या न्यूनीकरणका लागि सचेतनामुलक सामग्री सम्प