बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

अबैध चामल सहित ट्रक प्रहरीद्धारा नियन्त्रण

मंगलवार , भाद्र १२, २०८०

सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बीपी राजमार्गबाट मंगलबार अबैध भारतीय चामल सहितको ट्रक नियन्त्रणमा लिएको छ ।

कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टमा चेकजाँचको क्रममा सर्लाहीबाट काठमाडौँ तर्फ जादै गरेको प्रदेश २–०३–००१ ख ७०६५ नम्बरको ट्रकबाट १४२ बोरा भारतीय ब्राण्डको चामल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।

‘रिपुराज’ र ’सेभेन स्टार’ नामक उक्त चामलको बिल नभएको पाइएकोले आवश्यक कार्वाहीका लागी चामल, ट्रक र ट्रकका चालक सर्लाही हरिपुर नगरपालिका–७ का २९ बर्षिय अजय चौधरी समेतलाई भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय भारतले केही ब्रान्डका चामल प्रतिबन्ध लगाएको र करसमेत बढाएको भन्दै सिन्धुलीमा अवैध धन्दा मौलाएको छ । सिन्धुलीमा गोदाम राखी रामेछाप, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, सोलुखुम्बुलगायत पहाडी जिल्लाहरुमा व्यापारीहरुले चामल बेच्ने गरेका छन् ।

प्रतिक्रिया