सिन्धुली – मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको दुधौली नगरपालिका–२ रतनपुरमा मंगलबार दिउसो भएको गाडि दुर्घटनामा परि दुई जना घाईते भएका छन ।
काठमाडौँबाट मोरङ तर्फ जादै गरेको विद्युत प्राधिकरण केरन सबस्टेशन मोरङको बिएबि ३३१४ नम्बरको हाइलक्स गाडि अनियन्त्रित भई सडकबाट १० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि चालक महोत्तरी भङगा नगरपालिका–८ का ४० बर्षिय बैजनाथ राउत र सोहि गाडिमा सवार रौतहट मौलापुर नगरपालिका–३ का ५० बर्षिय दर्शन राय यादव घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।
घाईते दुबैको अवस्था सामान्य रहेको र उपचारको लागी काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।