सिन्धुली– बिपी राजमार्ग स्थित सिन्धुलीको सुनकोशी गाउँपालिका–६ खाल्टेमा आईतबार सुमो र मोटरसाईकल ठोक्कीदा मोटरसाईकल चालक घाईते भएका छन ।
काठमाण्डौबाट बर्दिबास तर्फ आउँदै गरेको ना १ ज ६४६० नम्बारको सुमो र इलामबाट काठमाण्डौ तर्फ जादै गरेको बागमति प्रदेश ०२–०२९ प ९७९३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा मोटरसाईकल चालक इलाम चुलाचुली गाउँपालिका–४ का २२ बर्षिय देवराज राई घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिनुभयो ।
घाईतेलाई उपचारको लागी धुलिखेल अस्पताल पठाइएको र सुमो र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।