सिन्धुली– एक साता देखी परेको अबिरल बर्षाका कारण जिल्लाका विभिनन् स्थानमा भौतिक सम्पतिको क्षति भएको छ ।
ब्यक्तिको घर, गोठ, खेत तथा सरकारी भौतिक संरचनाहरु पहिरोका कारण क्षति भएका हुन । जिल्लाको तिनपाटन गाउँपालिका कार्यालय समेत पहिरोको जोखिममा परेको छ ।
पहिरोकै कारण कमलामाई नगरपालिका–१२ बेलबोटका यम बहादुर आले र धुब्र आलेको घर पहिरोको जोखिममा परेको र उनीहरुको परिवार अन्य घरमा शरण लिन बाध्य भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोकै कारण तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ बजारमा कस्मेटिक पसल गरि बस्ने नन्दमायाँ पुर्वछाने मगरको पसल पहिरोले पुर्दा ४ लाख ५० हजार मुल्य बराबर क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोकै कारण गोलन्जोर गाउँपालिका–३ का कृष्ण बहादुर भुजेलको गोठ पुर्नुका साथै घर समेत जोखिममा परेको स्थानीय गौरब कार्कीले बताउनुभयो ।
एक साता देखी परेको अविरल बर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकहरु समेत पहिरोका कारण बन्द भएका छन भने विभिन्न स्थानमा ब्यक्तिका घर तथा गोठहरु पहिरोको चोखिममा पर्दै गएका छन । बर्षा अझ लम्बीने हो भने बाढि तथा भौतिक सम्पति क्षतिको क्रम बढ्दै जाने संकेत देखिएको छ ।