सिन्धुली– मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुरुजीमा भएको मोटरसाईकल दुर्घटनामा परि दुईजना गम्भीर घाईते भएका छन ।
सनिबार हेटौडाबाट सिन्धुली तर्फ आउँदै गरेको प्रदेश २–०३–०१७ प ५४६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक रौतहट गजुरा नगरपालिका–२ का ४६ बर्षिय तुलसी बहादुर राई र मोटरसाईकलको पछाडी सवार रौतहट चन्द्रपुर नगरपालिका–३ का स्वीकार राई गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईतेहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । तिब्र गतिका कारण अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।