सिन्धुली– लगातार परेको बर्षाका कारण आएको खोलाले बगाएर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा एकजनाको मृत्यू भएको छ ।
हरिहरपुरगढी गाउँपालिका–६ रागेचुरीका २८ बर्षिय राजकुमार गोलेको खोलाले बगाएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घरबाट घासँ काट्न गएका गोले गत शुक्रबार देखी हराएका थिए । आमा कि मायाँ गोलेसँगै घाँस काट्न ब्रमठाकुर सामुदायीक वनमा गएका आमाछोरा बेपत्ता भएका थिए ।
स्थानीयबासी र प्रहरीको खोजतालासको क्रममा हरिहरपुरगढी गाउँपालिका–६ क्यानखोला र खड्कुले खोलाको दोभानमा शनिबार छोरा राजकुमार गोलेको लास भेटिएको जनाइएको छ ।
मृतक गोलेको लास पोष्टमार्टमका लागी सिन्धुली जिल्ला अस्पताल ल्याइएको र हराइरहेकी आमा कि मायाँ गोलेको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिनुभयो ।