बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

विश्व हिन्दु महासंघ कमलामाई नगर कमिटी गठन

शनिवार , भाद्र ९, २०८०

सिन्धुली– हिन्दु समाज लाई मजबूत गर्ने, हिन्दु जीवन दर्शन र आध्यात्म को रक्षा, सम्बर्धन र प्रचार गर्ने उदेश्यका साथ कमलामाई नगरपालिकाका हिन्दुहरुको भेलाले शनिबार विश्व हिन्दु महासंघ नेपालको नगर कमिटी गठन गरेको छ ।

विश्व हिन्दु महासंघ नेपाल सिन्धुलीका उपाध्यक्ष मनोहर शर्माको उपस्थितीमा भएको भेलाले रामकृष्ण कार्कीको अध्यक्षतामा १६ सदस्यीय विश्व हिन्दु महासंघ नेपाल कमलामाई नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा कपिल श्रेष्ठ, सचिब गोबिन्द बिक्रम थापा, कोषाध्यक्ष बिमामायाँ पाख्रीन रहनु भएको छ ।

विश्व हिन्दु महासंघ नेपालले देश बिदेशमा बस्ने हिन्दुहरुलाई जागरुक बनाउँदै हिन्दु र हिन्दुत्वको रक्षा को लागि संगठित गर्दै विविध गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ । नेपाललाई धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र बनाउनु पर्ने महासंघको माग रहेको छ ।

प्रतिक्रिया