बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमाढी बजारको रबि जनरल स्टोर्समा चोरी

शुक्रवार , भाद्र ८, २०८०

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–६, १ नं.बजारमा रहेको रबि जनरल स्टोर्समा गए राति चोरी भएको छ । ब्यस्त बजारमै रहेको स्टोर्सबाट सामान र नगद चोरी भएको स्टोर्सका मालिक रवि साहले बताउनुभयो ।

कसमेटिकको ब्यापार गर्दै आईरहेका उहाँको पसलबाट १ लाख बराबरको सामान र २० हजार नगद चोरी भएको स्र्टोसका सञ्चालक रबि शाहले बताउनुभयो ।

सीसी क्यामेराको निगरानिमा रहेको ब्यस्त बजारमै चोरी हुनुलाई सामान्य रुपमा लिन नसकिने ब्यापारीहरुले बताएका छन । सिन्धुलीमाढीमा उद्योग बाणिज्य संघ तथा कमलामाई नगरपालिकाको लगानीमा सीसी क्यामेरा जडान गरिएको छ । चोरीको घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया