सिन्धुली– तास खेलिरहेको अवस्थामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । दुधौली नगरपालिका १० कोक्टी स्थित शौरभ होटमा तास खेलिरहेको अवस्थामा दुधौली नगरपालिका–१० का निलेन्द्र कर्ण, बिजय महतो, दिपक न्यौपाने र लक्ष्मण कुमरलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद ३२ हजार ३ सय २० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।