बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

नेकपा(एमाले) सिन्धुलीको तिनदिने प्रशिक्षण सम्पनन्

मंगलवार , भाद्र ५, २०८०

सिन्धुली– नेकपा(एमाले) जिल्ला कमिटी सिन्धुलीले फिक्कल गाउँपालिकाको चनौटेमा आयोजना गरेको तिनदिने जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न् भएको छ ।

गत आईतबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा नेकपा(एमाले)का स्थायी कमिटी सदस्य गुरु प्रसाद बराल, पोलिटब्यूरो सदस्य तथा बागमति प्रदेश पार्टी स्कुल बिभाग संयोजक इश्वरी रिजाल, केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज खेम प्रसाद लोहनी,केन्द्रीय सदस्य मनोज जंग थापा लगायतले विभिन्न् बिषयमा प्रशिक्षण दिनुभएको नेकपा(एमाले) सिन्धुलीका सचिब नारायण बरालले जानकारी दिनुभयो ।

प्रशिक्षणमा नेकपा(एमाले)सिन्धुली कार्यक्षेत्र भएका केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य तथा पालिका कमिटीका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

जिल्लामा पार्टी नेता तथा कार्यकर्ताहरुलाई राजनैतिक बैचारिक हिसाबले बलियो बनाउँदै गाउँ तथा टोल सम्म राजनैतिक, बैचारिक तथा दार्शनिक प्रशिक्षण चलाउन प्रशिक्षक उत्पादन गर्ने उदेश्यले प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको र कार्यक्रम उदेश्य अनुरुप सफल भएको नेकपा(एमाले) सिन्धुलीका अध्यक्ष कुमार बहादुर कार्कीले बताउनुभयो ।

 

प्रतिक्रिया