बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

‘प्रमुख प्रशासकीय अधिकृत दर्जिबाट अपशब्द प्रयोग भएको छैन’

सोमवार , भाद्र ४, २०८०

सिन्धुली– प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीबाट गाउँपालिका उपाध्यक्ष बिमला माझीलाई अपशब्द प्रयोग नभएको भन्दै सोमबार मरिण गाउँपालिका कार्यालयले प्रेस बिज्ञप्ती जारी गरेको छ ।

बिज्ञप्ती मार्फत नेपाली काँग्रेस मरिण गाउँपालिका समितिले निकालेको प्रेस बिज्ञप्ती गाउँपालिका उपाध्यक्ष बिमला माझीद्धारा गरिएको पत्रकार सम्मेलन प्रति गाउँपालिकाको ध्यानाकर्षण भएको बताउँदै उक्त बिषयको खण्डन गरेको छ ।

मरिण गाउँपालिकाका प्रबक्ता कमल बहादुर आलेमगरद्धारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ, “२०८० भाद्र १ गते मरिण गाउँ कार्यपालिकाका पदाधिकारीहरु, शाखा प्रमुखहरु र वडा सचिबहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । अन्तरक्रिया कार्यक्रमको उदेश्य गत आवको समिक्षा र चालु आवमा अझ ब्यस्थित तरिकाले कार्यसम्पादन गर्ने थियो । वडा सचिब, शाखा प्रमुख, कार्यपालिका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी समेतले आफ्नो धारणा राखिसकेपछि उपाध्यक्षज्यूले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाको काम कार्वाही सम्बन्धी सबै विषयमा मेरो सहभागीता रहनुपर्नेमा सो अनुरुप हुन नसकेको गुनासो गर्नुभएको थियो । आर्थिक श्रेस्ता सम्बन्धी विषयमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीज्यूबाट उपाध्यक्ष बिमला माझीलाई प्रस्ट पार्नुभएको थियो । उक्त प्रस्तुतीकरणमा प्रमुख प्रशासकीय अधिकृतज्यूबाट अपशब्द प्रयोग भएको थिएन ।”

मरिण गाउँ कार्यपालिका बैठकमा एजेण्डागत रुपमा ब्यापक छलफल तथा हरेक बिषयमा निर्णय गरि निर्णयप्रक्रियालाई कार्यान्वयन गर्ने यस गाउँपालिकाको अभ्यास रहेको जनाउँदै निर्णय भएर कार्यान्वयन भएका कुराहरुलाई समेत उपाध्यक्षले जानकारी छैन भन्नु आश्चर्य भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रसेवक कर्मचारी जनप्रतिनिधीहरुको प्रतिसप्रर्धी नभएर सहयोगी भएको हुँदा बिना आधार कपोलकल्पीत ढंगले लान्छाना लगाउने यस्तो प्रकारको आरोप भत्सना गर्दै आगामी दिनमा जनप्रतिनिधी र कर्मचारीको बीचमा थप प्रगाढ एवं सुमुधुर सम्बन्ध स्थापित गर्न गराउन सम्बद्ध सरोकारवालाहरुमा गाउँपालिकाले अपिल समेत गरेको छ ।

सोमबार अध्यक्ष बिमर्श मोक्तानको अध्यक्षमा बसेको गाउँ कार्यपालिका बैठक तथा कर्मचारी सहितको समन्यात्मक बैठकले उपाध्यक्ष बिमला माझीको पत्रकार सम्मेलनका अभिब्यक्ति तथा नेपाली काँग्रेस मरिण गाउँपालिका समितिको प्रेस बिज्ञप्तीको खण्डन गर्ने निर्णय गरेको प्रबक्ता कमल बहादुर आलेमगरले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया