सिन्धुली– बीपी राजमार्ग स्थित कमलामाई नगरपालिका–२ चियाबारीमा सोमबार हायस दुर्घटना हुँदा दुईजना घाईते भएका छन ।
काठमाडौँबाट झापा तर्फ जादै गरेको बा ४ ख ३४९३ नम्बरको हायस आफै अनिन्त्रीत भई ठोक्कीएर दुर्घटना हुँदा हायसमा सवार काठमाडौ महानरपालिका–६ बस्ने बर्ष ३३ को बिवेक संकर र गोलन्जोर गाउँपालिका–६ बस्ने २३ बर्षिय देउकीमायाँ श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईतेहरुको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सिन्धुलीमा उपचार पश्चात घर फर्किएको जनाइएको छ ।