बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

तिनपाटनका दलितका छोरी बुहारीलाई निःशुल्क उच्च शिक्षा

सोमवार , भाद्र ४, २०८०

सिन्धुली – जिल्लाको तीनपाटन गाउँपालिकाले दलीत समुदायका छोरी र बुहारीहरुलाई स्नातक र स्नातकोत्तर सम्मको शिक्षा निशुल्क प्रदान गर्ने भएको छ ।

तिनपाटन गाउँपालिकाको बाह्रौं गाउँसभा अधिबेशनबाट पारित निती तथा कार्यक्रम अनुसार ‘सासूको इच्छा, बुुहारीलाई शिक्षा’ भन्ने निति लिएको थियो । गाउँपालिकाले दलितका छोरी बुहारीलाई पालिका भित्रका ३ वटा सरकारी र सामुदायीक क्याम्पसमा निशुल्क अध्यन गराउन लागेको हो ।

कार्यक्रम अनुसार स्नातक तह अध्यन हुने वडा नं.१२ को त्रिपुरेश्वर शिक्षा क्याम्पस, बाहुनतिल्पुङ, वडा नं.२ को तिनपाटन शिक्षा क्याम्पस, भिमस्थान र स्नातकोत्तर तह सम्म अध्यापन हुने वडा नं.१० को लाम्पन्टार बहुमुखी क्याम्पसमा अध्यनको ब्यवस्था मिलाईने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो ।

दलित समुदायका स्नातक र स्नातकोत्तर तहभन्दा माथि अध्ययन गरिरहेका र अध्ययन गर्न चाहने छोरी बुहारीहरुको भर्ना शुल्क र माशिक शुल्क गाउँपालिकाले व्यहोर्ने घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुहारी भए सासु र छोरी भए आमाले भर्नाका लागि लैजानुु पर्नेछ । यदी महिला अभिभावक परिवारमा नभएमा एकाघरका अन्य महिला नातेदारले समेत लैजान सक्नेछन् ।

त्यस्तै अभिभावक समेत नभएमा वडाको महिला वडा सदस्यले सिफारिस गरेको आधारमा अध्ययनका लागि भर्ना गर्न लैजानुपर्ने ब्यवस्था रहेको छ ।

तिनपाटन गाउँपालिकामा सार्की, परीयार र विश्वकर्मा समुदायको कुल जनसंख्या ३ हजार ८ सय ५९ जनसंख्या रहेको छ । दलित समुदायको छोरी बुहारीले आर्थिक समस्याका कारण बिचमै पढाई छोड्ने समस्या रहेकाले उनीहरुको उच्च शिक्षामा पहुँच पु¥याउने उदेश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया