बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीका वडाध्यक्षविरुद्ध पक्राउ पुर्जि जारी

शुक्रवार , आषाढ १५, २०८०

सिन्धुली– सिन्धुलीको एक वडाध्यक्ष विरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पक्राउ पुर्जि जारी गरेको छ । जिल्लाको गोलन्जोर गाउँपालिका २ का वडाध्यक्ष दौलत कार्की विरुद्ध शुत्रबार पक्राउ पुर्जि जारी भएको हो । वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बिहिबार प्रमुख प्रशासकिय अधिकृत शंभु प्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गर्नुभएको थियो । प्रहरीले उक्त मुद्धा जिल्ला प्रशासनमा दर्ता गरेपछि जिल्ला प्रशासनले शुक्रबार पक्राउ पुर्जि जारी गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

पक्राउ पुर्जी जारी भएसँगै अनुसन्धानकालागि कानुनि प्रक्रिया शुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक (एसपि) राजकुमार सिलवालले जानकारी दिनुभयो । प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात भएको पुष्टि भएमा वडाध्यक्षलाई पक्राउ गरि आवश्यक कार्वाही अघि बढ्ने प्रहरी प्रमुख सिलवालले बताउनुभयो । साथै, वडाध्यक्ष कार्कीले केहि समयअघि बन्दुक बोकेर सामाजिक संजाल फेसबुकमा फोटो हालेको घटनापनि प्रहरीकोमा आएको एसपि सिलवालले बताउनुभयो । एसपि सिलवालले भन्नुभयो, ‘कार्कीले बन्दुक बोकेको तस्बिर फेसबुकमा अपलोड गरेको सूचना पाएका छौँ । अभद्र व्यवहारसँगै हातहतियारको अनुसन्धान पनि हुन्छ ।’ यता, वडाध्यक्ष कार्कीले सो बन्दुक आफ्नो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘१० वर्षअघि बाटोमा हिँड्दने मान्छेले बोकेको बन्दुक मागेर फोटो खिचेको हुँ । उक्त बन्दुक मेरो होइन ।’

यता, वडाध्यक्ष कार्कीले पक्राउ पुर्जि जारी भएको खबर प्राप्त भएको र अनुसन्धानकालागि आफूले सघाउने जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । यदि कसैले यो बुँदाविपरीत व्यवहार गरेको छ भने १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

बिहिबार गोलन्जोर गाउँपालिकाको गाउँसभापछि घर फर्कनेक्रममा वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकिय अधिकृत पौडेलमाथि दुव्र्यवहार गर्नुभएको स्थानियले बताएका छन् । वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकिय अधिकृत पौडेलमाथि मादक पदार्थ सेवन गरेको आरोप लगाएपनि खुर्कोट सामुदायिक अस्पतालले पौडेलको मापसे रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया