सिन्धुली– बुधबार वीपी राजमार्ग र मदन भण्डारी राजमार्गमा भएको छुट्टा–छुट्टै मोटरसाईकल दुर्घटनामा परि दुईजनाको मृत्यू भएको छ ।
मदन भण्डारी लोकमार्गको दुधौली नगरपालिका–५ कुलुवा स्थित डकाहाबाट दुधौली तर्फ जादैँ गरेको स १० प २७१४ नम्बरको मोटरसाइकर र दुधौलीबाट डकाहा आउदैँ गरेको प्र. १–०५–००१ प ४८६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा स १० प २७१४ नम्बरको मोटरसाइकल चालक दुधोली नगरपालिका ५ का ३० वर्षिया अनिल गौरुङको सिन्धुली जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यू भएको सिन्धुली प्रहरीले जनाएको छ । त्यस्तै, दुर्घटनामा परि प्र. १–०५–००१ प ४८६५ नम्बरको मोटरसाइकल चालक उदयपुर कटारी नगरापालिका–४ का २५ बर्षिय रवानी शेष गम्भीर घाईते भएका छन ।
त्यसैगरि, वीपी राजमार्ग स्थित सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरमा काठमाडौबाट सिन्धुली तर्फ आउँदै गरेको मधेश प्र.०२–००६ प ०५३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक धनुषा सवैला नगरपालिका–४ का ४४ बर्षिय राजकुमार शाहको आत्मीय सामुदायीक अस्पताल खाल्टेमा उपचारको क्रममा मृत्यू भएको र उक्त मोटरसाईकलमा सवार चालक शाहको श्रीमति ३६ बर्षिय अन्जु शाह सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।