शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पुष्पकमलका आरधनाबारे

शनिवार , जेठ २०, २०८०

लेखक : बिनोद दहाल

पुष्पकमल कम्युनिस्ट, क्रान्तिकारी केही हैनन्, विभिन्न रुप र भूमिकामा देखिनखोज्ने अवतारी हुन् ! उनी भारत गए, त्यहाँ मोदीको नीति सबैलाई हिन्दुकरण गर्ने छ । यिनी उनको त्यो आपराधिक नीति चिर्न नसकेर फेरी पनि ढले । यो उनको यस्तो व्यवहार पहिलो पटक हैन भनेर बुझ्दा नै सहि हुन्छ । पुराना बिचार, व्यवहार, आदत, सामन्ती तथा पुँजीवादी परम्परा, रुढिमा विश्वास गर्ने मानिस क्रान्तिकारी हुन सक्दैन वा होईन । त्यसैले उनी क्रान्तिकारी र कम्युनिस्ट हैनन् भन्नसकिन्छ । कम्युनिस्ट आफै धार्मिक कर्ममा लाग्दैनन्, जो लाग्छन् ती नौटंकी र पाखण्डी पनि हुन्, कम्युनिस्ट हैनन् । एकपटक मैले एउटा प्रसंगमा त्यसरि नै पहिचानवादी मतवालीले स्वागतका लागि रक्सी दिए हामीले के गर्ने भनेर एक नेतृत्वलाई सोधेको थिएँ । एकजना अर्की नेतृ पनि सहभागी थिईन् । पिउँदिन भन्नू हुँदैन भनेर ती नेताले भन्दा मैंले र ती नेतृले प्रतिवाद गरेका थियौं । ती नेता अहिले कमरेड वैद्यसँग छन् । यसरी अरुले निमन्त्रणा गरेको वेलामा उनीहरुको स्वागत सत्कारलाई स्वभाविक मान्नुपर्छ भनिन्छ । कुनै माओवादी नेतृत्वले यसलाई प्रश्न बनाउन सक्दैनन् । हामी माओवादी केहीले आफ्नो कम्युनिस्ट र सचेत सर्वहारा पहिचान दिन पनि जनताको त्यो व्यवहारको उचित जवाफ दिन सक्नुपर्छ भनिरहेका छौं । अरु जति पनि कम्युनिस्ट भनाउँदाहरु छन् उनीहरुलाई पुष्पकमलको यो व्यवहार प्रश्न बन्नसक्दैन । त्यसैले कुन चाहिँ नौलो कुरा थियो र अहिले हाम्रो घैंटामा घाम लाग्ने कुरा आयो ? उनले धेरै पटक पाठपुजामा भाग लिन पुगेका छन् र मैैंले धेरै पटक फोटाहरुसाथ अरु ढोंगी कम्युनिस्ट झैं हुनुहुँदैन भनेर बिरुद्ध लेखेकै छु ! यति बिरोध गर्दा वा ओैंला ठड्याउँदा उनी सबैभन्दा गिरेको झैं गरि भनें जस्तो लागेछ क्यार केही अरुलाई ! धर्म, परम्परा र रुढिवादी पक्षमा वकालत नै गर्ने केपिहरु जस्तो दर्शनमा पतन हुन उनलाई ओरालै लागे पनि अझ कैंयन बर्ष लाग्छ । कम्युनिस्टहरु आफू पाठपुजा गर्दैनन्, गर्नुहुन्न किनकि आफ्नो मूल्य मान्यता, नीति, सिद्धान्त बिपरितका कुरा हुन् । संघर्ष भनेको नै नीति,सिद्धान्त, मुल्यमान्यता र निष्ठामा अडिएर रहनसक्नु हो । आफ्नो मान्यतामा नरहने मानिसले वर्गलाई धोका दिन्छन् । यो अवशरवाद पलाउने ठाउँ हुन्छ । अहिले खुल्ला समाज बनिसकेपछि र यो व्यवस्थालाई जनताको साथले समाजवादतिर लाने दायित्व आफ्नो हो भनेर बुझ्नेहरुको यस्तो उदार व्यवहार बढि देखिन थालेको छ । अरुले बोलाएको ठाउँमा चुपचाप जाने, पाठपुजामा सरिक हुने समस्यालाई अल्ली उदार भएर हेर्ने गर्दछन् । प्रायः ले त्यस्तो गर्नेगरेका छन्, जनतासँग एकाकार हुने काम हो भनेर बाहाना गर्छन् । कम्युनिस्टले जनतासँग गर्ने व्यवहार त्यस्तो हुनुहुँदैन । कम्युनिस्ट त बोलावट भएको ठाउँमा गए पनि र धार्मिक अनुष्ठानमा गए पनि बोलीमा धर्म, परम्परा, रुढिको वकालत त्यत्ति गर्न रुचि राख्दैनन्, केपि मात्र वकालत नै गर्ने गर्छन्, उनी सबैभन्दा गिरेका छन् । पुष्पकमलले बारम्बार यस्ता अरुले ठिक पारेका धार्मिक तथा परम्परागत व्यवहारमा गएर धार्मिक व्यवहार गर्ने गरेका छन्, यो कुनै नौलो हैन । यस्तो कार्यको मैले बिरोध गर्नेगरेको सँधै नै हो, अरुले भर्खर बिरोध गरेको जस्तो बुझ्नुभयो क्यार ! खासमा पुष्पकमलको यो पटकको भ्रमणबाट उनी हौसिएका छन् । नदि बेच्ने नेताहरुलाई पछि पार्दै उनी अहिले विद्युत, खाद्य मल र हाईड्रोजन बेच्ने अवस्थामा पुगेको दावी गरिरहेका छन् । वंगलादेशमा पनि बेच्ने र सीमा बिवाद कुटनीतिक तवरले हल गर्ने बाचा मोदिबाट गराएपछि अब नेपाल भारत सम्बन्धका कतिपय समस्याहरु समाधान गर्न ब्रेक थ्रुु भएको बताईरहेका छन् । उनका लागि पाठपुजा र आरधना साामान्य हो र प्रतिक्रियावादीका लागि हौसला हो । मात्र क्रान्तिकारीको लागि उनको यो व्यवहार दर्शनबाट चिप्लिंदै गएको र भयंकरको समस्या हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया