बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा दर्जनबढि अश्रुग्याँस र हवाई फायर, छलफल जारी

बुधवार , जेठ १७, २०८०

सिन्धुली – सर्पदंशको उपचार हुनुपर्ने माग सहित स्थानियले मंगलबार दुधौली नगरपालिका ५ को सिर्थौली अस्पताल तोडफोड गरेका छन् । दुधौली नगरपालिका वडा नम्बर १ कुर्थाैलीमा सुतिरहेको ठाउँमा विषालु सर्पले डस्दा दाजुभाइको उपचारमा ढिलाई भएको कारण मृत्यु भएको थियो ।

सर्पले डसेपछि दाजुभाइको उपचारका लागि सिथौँली अस्पतालका पुर्‍याएका थिए । अस्पतालमा उपचार संभव नभएपछि अस्पतालले बाहिर रिफर गरेको थियो । घाइते बालकहरुलाई महोत्तरीको बर्दिबास सर्पदंश उपचार केन्द्रमा थप उपचारकालागि लगिएपनि भेन्टिलेटर र आईसियु नभएकाले जनकपुर रिफर गरिएको थियो । जनकपुरमा पुर्‍याउँदा अस्पतालले दुईजनालाई मृत घोषणा गरेको थियो । मृत घोषणा गरि दुधौली फर्काउँदा ३ वर्षिय बालकले पिसाब फेरेपछि परिवारले पुनः अस्पताल पुर्‍याएका थिए । उपचार संभव नभएपछि दुवैजना बालकको मृत्यु भएको थियो । सर्पदशं उपचारको माग गदै पिडित पक्षले अस्पताल तोडफोड गरेका हुन ।

मृतकका परिवार र आफन्तले मंगलबार राती मदनभण्डारी राजमार्ग  केही घण्टा बन्द गराएका थिए। राजमार्ग अहिले संचालनमा आइसकेको छ भने बन्द र तोडफोडपनि स्थगित गरिएको स्थानियले बताएका छन् । ं भिड नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चिरञ्जिवि दाहालको कमाण्डमा ७० जना प्रहरी जिल्लाबाट खटाइएको छ । प्रहरीले भिड नियन्त्रण गर्न हवाई फायर र अश्रु ग्यास समेत प्रहार गरेको स्थानियले बताएका छन् । हुलहुज्जतमा परि एकजना प्रहरी सामान्य घाइते भएका छन् ।  बुधबार बिहान साढे ८ बजेदेखि स्थानिय सरकारको प्रतिनिधि, अस्पताल व्यवस्थापन समिति, प्रहरी प्रशासन र मृतक परिवारबिच छलफल भइरहेको स्थानिय सुवाष पोखरेलले जानकारी दिनुभयो ।

कुर्थाैलीका गणेश पहाडी र गंगाा पहाडीका छोरा छोराहरु १३ वर्षीय बालक ग्रिस पहाडी र उनका भाई वर्ष ३ को ग्रिस्म पहाडीका लाई सोमबार राती सर्पले डसेर उपचारको क्रममा जनकपुर अस्पतालामा मृत्यु भएको थियो । सर्पले ३ बर्षिय बालकको बाँया खुट्टाको बुढि औँलाको बिचमा र १३ बर्षिय बालकको दायाँ हातको साइली औँलामा डसेको निसान फेला पारेपछि अस्पताल लगिएको थियो ।

सिर्थाैली स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात दुबै बालकलाई जनकपुर अस्पताल लगिएको थियो । अस्पतालले बालकलाई सर्पले डेसेको लामो समय भएकाले मृत्यु भएको भन्दै बिहान ८ बजे दुबै बालकलाई मृत घोष्णा गरेको प्रहरीले जनाएको छ । परिवारले बिहान ३ बजे थाहा पाएपनि राति ११ बजेतिरै सर्पले डसेको हुन सक्ने आशका गरिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया