सिन्धुली– सिन्धुलीमा व्यवसाय संचालन गर्न इच्छुक व्यवसायीकालागि ‘मिनि मार्ट’ ले बम्पर अफर ल्याएको छ । जिल्लाको कमलामाई नगरपालिका ६ स्थित राम्माडीको अधँरी पुल नजिक रहेको मिनि मार्टमा व्यवसाय संचालनकालागि छ महिना निशुल्क सटरको सुविधासहित व्यवसायीहरुकालागि विभिन्न अफर रहेको संचालक कृष्ण मोहन मेहताले जानकारी दिनुभएको छ ।
आठ वर्षअघि जयजगदम्बा हार्डवेयरको व्यवस्थापकका रुपमा पर्साको विरगंज उपमहानगरपालिकाबाट आउनु भएका मेहताले आफूलाई सिन्धुलीले धेरै कुरा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिन्धुलीले मलाई व्यवसायिक यात्रामा सफलता दिएको छ । मैले पनि सिन्धुलीलाई केहि दिनुपर्छ भन्ने लागेर यहाँका व्यवसायीलाई निःशुल्क सटरको अफर दिएको हुँ ।’ आर्थिक मन्दिसँगै व्यापार नचल्दा सटर भाडा तिर्न नसकि व्यसायीहरु प्लायन भइरहेको बताउदैँ मेहताले भन्नुभयो, ‘कोठा भाडा तिर्ने हैरानिबाट मुक्त हुनुहोस् । यो आफर व्यवसाय संचालन गर्न इन्छुक व्यवसायीकालागि मिलेर अघि बढ्ने अवसर हो ।’
झण्डै ४० लाख लागतमा निर्माण गरिएको मिनि मार्टमा २४ घण्टा सुरक्षा गार्डसहित सिसिटिभिको व्यवस्था रहेको छ । मार्टमा पर्याप्त पार्किङको सुविधासहित बच्चाहरुको लागि सुरक्षित खेल्ने व्यवस्था समेत रहेको छ । २२ वटा कोठा रहेको मिनि मार्टमा व्यवसाय संचालनकालागि व्यवसायीहरुले सम्पर्क गरिरहेको मार्टका संचालक मेहताले बताउनुभयो ।
पछिल्लो समय सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा मिनि मार्टप्रति उपभोक्ताको आकर्षण बढ्दो छ । एकै ठाउँमा सबै सामान पाउने भएपछि उपभोक्ताहरु मिनि मार्टप्रति आकर्षित भएका छन् । कमलामाई नगरपालिका ६ मा मात्रै झण्डै आधा दर्जन मिनि मार्ट संचालनमा आएको छ । तर, ती मिनि मार्टमा बालबालिकाकोलागि खेल्ने, फोटो खिच्ने, चिया खाजा खादैँ गुणस्तरीय समय बिताउने ठाउँ नभएको संचालक मेहता बताउनुहुन्छ । मिनि मार्टलाई व्यवस्थित तरिकाले संचालन गर्न व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको मेहताले बताउनुभयो । ‘अभिभावकले सपिङ गर्दैगर्दा बालबालिकालाई खेल्ने ठाउँ छ । बच्चा हेरचाह गर्न जनशक्ति खटाइएको छ । बच्चाकालागि झण्डै डेढ लाख मूल्य बराबरको खेल्ने सामाग्री मार्टमै रहेको छ’, उहाँले भन्नुभयो, ‘फोटो कैद गर्न फाउन्टेन वाटर छ । उपभोक्ताहरु मार्टमा रमाउने गरेका छन् ।’ नवनिर्मित मार्टमा रहेको १५ वटा सटर व्यवसायीलाई निशुल्क प्रयोग गर्न दिइने मेहताले बताउनुभयो ।