सिन्धुली – सिन्धुलीमा प्रहरीले ७ सय किलोग्राम भन्दा बढी अवैध रुद्राक्ष फेला पारेको छ । सोमबार ७ सय ६६ किलोग्राम अवैध रुद्राक्ष सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोलन्जोर गाउँपालिका –७ अँधेरीपुल स्थित बि.पी. राजमार्गमा ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा संखुवासभाबाट काठमाण्डौ तर्फ जादै ट्रकमा अवैध रुपमा ल्याएको रुद्रक्ष फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक किशोर ढुंगानाले जानकारी दिनुभयो ।
प्रदेश १–०२–००१ ख ९५६६ नं. को ट्रकमा १हजार७६६ किलोग्राम रुद्राक्ष लोड गरी ल्याएकोमा ७६६ किलोग्रामको राजश्व नतिरेको रुद्राक्ष र ट्रक सहित नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बुधबार ट्रक सहित रुद्राक्ष बन डिभिजम कार्यालय खुर्कोटमा बुझाएको छ ।