शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मोटसाइकल सहित चोर पक्राउ

बिहिवार , चैत्र ३०, २०७९

सिन्धुली –सिन्धुलीमा प्रहरीले मोटसाइकल सहित चोरलाई पक्राउ गरेको छ । सोमबार सुनकोशी गाउँपालिका वडा नं १ नेपालथोक स्थित वि.पि राजमार्गमा सवारी चेकजाँचको क्रममा चोरी भएको मोटसाइकल भेटिएको थियो ।

प्रहरी चौकी कुशेश्वर दुम्जा सिन्धुलीबाट खटीएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा काठमाडौँ बाट सर्लाही तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७७२५ नम्बरको मोटरसाईकलको कागजपत्र नभएको फेला पारेको थियो ।

सर्लाही बामगती नगरपालिका वडा नं ३ का २१ वर्षिय आक्रोश तामाङले चलाएको उक्त मोटसाइकल सहित तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तामाङलाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याँद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया