सिन्धुली – सिन्धुलीमा प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार कमलामाई नगरपालिका वडा नं. ९ चोरखोला स्थित बि.पि.राजमार्गमा धरानबाट काठमाडाँैतर्फ जाँदै गरेको हाईस चेकजाँच गर्ने क्रममा लागऔषध सहित हाइसमा सवार २३ वर्षिय युवकलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा धरानबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख १०७० नम्बरको हाईसमा सवार सर्लाही लालबन्दि नगरपालिका १७ का २३ वर्षिय प्रेम कुमार बम्जन झोलामा लुकाई छिपाइ ल्याउँदै गरेको लागुऔषध फेला परेको हो ।
बम्जनले बोकेको भिर्ने कालो झोला भित्र कालो टेपले बेरी हरीयो फाईबरको झोलाभित्र राखिएको नाईट्रोभेट १०, २०७ पिस,NITZACARE 10 ६९ पिस गरी जम्मा २७६ पिस रDIAZEPAM एम्पुल १५ पिस, PHENERGAN एम्पुल १५ पिस, NOOPHIN एम्पुल १५ पिस गरी जम्मा ४५ पिस एम्पुल लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक किशोर ढुंगानाले जानकारी दिनुभयो । लागुऔषध सहित बम्जनलाई नियन्त्रणमा लिई अदालतबाट ७ दिनको म्याँद थप गरी आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।