शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको ग्रामीण क्षेत्रमा कृषि मजदुरको अभाव

बुधवार , चैत्र २९, २०७९

सिन्धुली,– सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समय कृषि मज्दुरको अभाव हुन थालेको छ । गाँउघरमा श्रम गर्ने युवायुवती रोजगारीको खोजी गर्दै सहर पस्ने तथा विदेश जाने क्रम बढेपछि ग्रामीण क्षेत्रका कृषि मज्दुरको अभाव हुन थालेको स्थानीयको भनाई छ । स्थानीय स्तरमा रोजगारीको अभाव र गरिबीका कारण युवायुवती विदेशीनाले खाद्यान्न बालीको खेती गर्न समस्या भएको फिक्कल गाँउपालिका–४ का बासिन्दा लिलाबहादुर मगरले गुनासो गर्नु भयो ।

उहाँले गाँउघरमा कृषि मजदुरको अभाव हुदा कृषि बालीको खेती गर्न कठिन हुने गरेको बताउनुभयो । स्थानीयका अनुसार गाँउ घरमा कृषि मज्दुरको अभाव हुदा खेती योग्य जमिन बाँझै बस्ने गरेको छ । गाँउघरमा श्रम गर्दा पाईने ज्याला थोरै हुदा धेरै कमाउने सोचले कृषि क्षेत्रमा मज्दुर गर्ने युवायुवती सहर पस्ने तथा खाडी मुलक जाने क्रम बढेको छ ।

कमलामाई नगरपालिका–३ निवासी कृषक नारायण देवकोटा पनि कृषि मजदुरकै अभावमा गाँउघरमा खाद्यान्न बालिको खेती गर्न कठिन हुदै गएको गुनासो गर्नुहुन्छ । “पैसा दिएर खेती गर्न मान्छे लगाउछु भन्दा त फिटिक्कै पाईदैन, सबै धरै कमाउने भन्दै बिदेश र सहर हानिएका छन्,” तीन वर्ष मलेसिया बसेर फर्किनु भएका कृषक देवकोटाले भन्नुभयो, “गाँउ घरमा कृषि मज्दुर अभाव भएपछि अहिले पर्म लगाउने चलन बढेको छ । नत्र खेती लगाउन नसकि खेतबारी बाँझै बस्छ ।”

गाँउ घरमा प्रशस्त मात्रामा रोजगारीको अबसर सिर्जना नहुदा शिक्षित जनशक्ति समेत विदेस पलायन हुने क्रम निकै बढेको उहाँको ठम्याई छ । विदेश जाने युवायुवतीले कमाएर ल्याएको धन देखेर स्थानीय बेरोजगार युवायुवती समेत विदेश जानेक्रम बढेको स्थानीय बासिन्दा बताउछन् । उनीहरुका अनुसार ग्रामीण क्षेत्रका युवायुवती राम्रो कामको खोजीमा मलेसिया, कतार र दुवई बढी जाने गरेको छन् ।

विदेश जाने भनेर राहदानी बनाउन आउनेको संख्या बढ्दै गएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि गिरी राहदानी बनाउनेको भिड लाग्ने गरेको सुनाउनु हुन्छ । “विद्युतीय राहदानी लागू भएपछि अहिले कोटा प्रणाली लागू गरी दिनमा १५ जनाको मात्रै सिफारिस गर्ने गरेका छौं,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया