सिन्धुली – सिन्धुलीमा बोलेरो दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् । मंगलबार दुधौली नगरपालिका ५ सिर्थौली स्थित मदन भण्डारी राजमार्गमा चतारा तिर्थधामबाट भरतपुर चितवनतर्फ जादै गरेको बाग्मती प्रदेश ०३–००१च ०३३९ नम्बरको बलेरो अनियन्त्रित भई पल्टि दुर्घटना भएको हो ।
बलेरोमा सवार ८ जना घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा सामान्य उपचारपश्चात थप उपचारको लागि भरतपुर तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरिक्षक ा चिरन्जिवी दाहालले बताउनुभयो ।
घाईतेहुनेमा चितवन भरतपुर महानगरपालिका –४ का ४९ वर्षिय कोचक्र पहाडी, सोहि स्थानका ६३ वर्षिय राम प्रसाद कडेल, ५० वर्षिय भोजराज कडेल, ५५ वर्षिय यग्य पाण्डे, ६१ वर्षिय दुर्गा कडेल, ५० वर्षिय गोमा पौडेल रहेका छन् । यस्तै,पर्वत जलजला गाउँपालिका ८ का ८५ वर्षिय टिकाराम शर्मा, नवलपुर गैडाकोट नगरपालिका ११ का ६० वर्षिय गौरीश्वर पौडेल घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।