शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

बागमती प्रदेश प्रहरी प्रमुख सिन्धुलीमा

मंगलवार , चैत्र २८, २०७९

सिन्धुली – बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौडा प्रमुख किरण राना सिन्धुली आउनुभएको छ । जिल्लाबासीको समस्या र प्रहरीको सेवा बुझ्न उहाँ सिन्धुली आइपुग्नुभएको हो ।

प्रहरीको सेवाप्रवाहमा देखिएको कमिकमजोरी साथै प्रहरीले गरेको कामको समिक्षा गर्न सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा नागरिक, जनप्रतिनिधिसँग अन्र्तक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा नागरिकले जिल्लामा भइरहेको अपराधिक क्रियाकलाप र प्रहरी सुधार गर्नु पर्ने विभिन्न विषय राखेका थिए । जिल्लामा संचालित विद्यालय नजिक खुलेआम सुर्तिजन्य पदार्थ विक्री भइरहेको र यसलाई बन्द गर्न नागरिकले सुझाब दिएका थिए । विपि राजमार्गमा चल्ने सवारी साधनहरुको टाइमकार्ड विषयमा समेत प्रहरीको ध्याकर्षण गराएका थिए ।

जिल्लाको समस्यालाई न्यूनिकरण गर्न पहल गर्ने बागमती प्रदेश प्रहरी प्रमुख रानाले बताउनुभयो । उहाँले जिल्लाको प्रोफाइ आफुले हेरिसकेको र समस्याको विषयमा जानकारी पाएको बताउनुभयो । ”सिन्धुलीको प्रोफाई मैले हेरिसके, यहाँ केकस्ता समस्या छन् भन्ने बारे पनि मैले जानकारी पाए । आगामी दिनमा जिल्लाको समस्यालाई समाधन गर्न मैले पहल गर्ने छु, ”उहाँले भन्नुभयो ।

प्रतिक्रिया