शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मोतियाविन्दु भएका विरामीको निशुल्क शल्यक्रिया

सोमवार , चैत्र २७, २०७९

सिन्धुली – सिन्धुलीमा ७६ जना मोतियाविन्दु भएका विरामीको निशुल्क शल्यक्रिया भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको आयोजना र कमलामाई नगरपालिकाको सिन्धुलीको आर्थिक सहयोगमा कमलामाई नगरपालिकाभित्र र अन्य स्थानका गरि ७६ जनाको निशुल्क शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति असोक श्रेष्ठले जानकारी दिनुभयो ।

आखाको शल्यक्रिया पछि वृद्धवृद्धाहरु खुसी भएका छन्। विगत लामो समयदेखि धमिलो देखिएको आँखाले एक्कासी उज्यालो देखिदा निकै खुसी लागेको शल्यक्रिया पछि उनीहरुको बताए। शल्यक्रिया भएसँगै निशुल्क चस्मा र औषधि समेत उपलब्ध गराइएको छ। शल्यक्रिया पछि चस्मा दिँदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले मानव शरिरको महत्वपुर्ण अंग आँखा भएकाले आखाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाले वृद्ध अवस्थामा धमिलो आँखा देख्ने तथा आँखा नै नदेख्नेलाई निशुल्क अप्रेशन गरि आँखा उपचार कमलामाई नगरपालिका जस्तै जिल्ला भरका स्थानीय तहले गर्न सुझाव दिनुभयो ।

रेडक्रसले हरेक महिना मोतियाबिन्दु भएकाको अप्रेशन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो अभियानमा सबै क्षेत्रको सहयोग आवश्यक पर्छ, रेडक्रस सभापति श्रेष्ठले भने, एक दिन आखाको शल्यक्रिया र एक दिन उनीहरुलाई औषधि तथा चस्मा वितरण गरिएको छ। आँखाको अप्रेशन पश्चात चस्मा पाएपछि अप्रेशनमा सहभागि भएका विरामीनिकै खुसी देखिएका छन् । अप्रेशनमा जानकी आँखा अस्पताल जनकपुरले सहयोग गरेको थियो ।

प्रतिक्रिया