शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा एक मुखे रुद्राक्ष भनी सुन र नगद ठगी

शनिवार , चैत्र २५, २०७९

सिन्धुली – सिन्धुलीमा सुन र नगद ठगी गर्ने व्यक्तिको खोजि भइरहेको छ । शुुक्रबार अन्दाजी विहान साढे ११ बजेको समयमा कमलामाई नगरपालिका ८ हर्दिया का ५८ वर्षिय अक्कल बहादुर तामाङको घरमा एक मुखे रुद्राक्ष भनी ललाई फकाई झुक्याइ सुन र नगद सहित ठगी गरि फरार भएका थिए ।

तामाङको घरमा अपरिचित २ जना अन्दाजी.४०/४५ बर्षका तराई मुलका जस्तो देखीने महिलाहरुले बहुमुल्य एक मुखे रुद्राक्ष भनी ललाई फकाई झुक्यानमा पारी झुटो आश्वासन देखाएइ एक तोला सुन र नगद .२५ हजार पैसा लिएर फरार भएको पिडित तामाङले प्रहरीमा निवेदन दिनुभएको हो ।

पिडित तामाङले ईलाका प्रहरी कार्यालय भिमान लिखित निबेदन दिएको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।

प्रतिक्रिया