शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मास्टरप्लान अनुसार बन्न सकेन सिन्धुली अस्पताल भवन

शनिवार , चैत्र २५, २०७९

सिन्धुली– सिन्धुली जिल्ला अस्पताल ब्यवस्थापन समितिको चरम गैरजिम्मवारीपन र लापरबाहीका कारण नवनिर्मित ५० शैयाको सिन्धुली अस्पताल भवन मास्टर प्लान अनुसार निर्माण हुन नसक्ने भएको छ ।

सुविधा सम्पन्न १०० शैयाको अस्पताल भवन निर्माणका कार्यका लागी डिपिआर निर्माण गरि आर्थिक वर्ष २०७५/७६ मा ग्लोबल टेण्डरमार्फत निर्माणको ठेक्का आब्हान गरिएकोे थियो । तत्पश्चात उक्त सुविधासम्पन्न अस्पताल भवनको जिम्मेवारी हनुमान कन्ट्रक्सन प्रा.लि.ललितपुर उपमहानगरपालिकाले ३० महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको थियो ।

अस्पताल विकास समितिले कम्पनीलाई मास्टरप्लान अनुसार निर्माण कार्य अगाढि बढाउन नयाँ र खुल्ला जग्गा उपलब्ध गराउन नसक्दा पुराना अस्पतालहरुकै संरचनाहरु हटाउँदै नयाँ भवन निर्माणको काम सुरु गरिएको छ । तर, भवनकाे अन्तिम निर्माण कार्य सकिदा समेत समितिले जग्गा उपलब्ध गराउन नसकदा मास्टरप्लानमा समेटिएका कुराहरु निर्माण हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

अस्पताल विकास समितिले ठेक्का सम्झौता अुनसार निर्माण गर्नुपर्ने भौतिक संरचनाहरु निर्माणको लागी जग्गा उपलब्ध गराउन नसकेको निर्माण कम्पनीका इन्जीनियर सनम बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो,“ हामीले खुल्ला जमिन पाएको भए सम्झौता अनुसार मास्टरप्लान अनुसार समयमानै काम सम्पन्न गरिसक्थ्याैँ ।”, जमिन उपलब्ध गराउन सकेको भए मास्टर प्लान अनुसारका झण्डै १ करोड लागत बराबरको संरचना बनाउन सकिनेभएपनि त्याे अनुसारकाे काम हुन नसकेकाे इन्जीनियर विष्टले बताउनुभयो ।

२०७६ चैत्र ७ गते सम्झौता भई निर्माण कार्य प्रारम्भ गरेको कम्पनीले ३० महिनामा कार्यसम्पन्न गर्नुपर्ने भएपनि कोभिड–१९ का साथै विविध कारणले समयमा काम सम्पन्न गर्न नसक्दा ६ महिना म्याद थप भएको थियो । कार्य सम्पन्नको लागी थप गरिएको म्याद २०७९ चैत्र ७ गते समाप्त भएको र ३ महिना थप म्यादको लागी आग्रह गरिएको निर्माण कम्पनीले जनाएको छ ।

अस्पतालको मास्टर प्लान अनुसार पार्किङ्ग, गार्डेन, प्रवेश गेट लगायतको संरचना निर्माण गर्न अस्पताल विकास समितिले आफ्नै जग्गामा बनेको पुरानो संरचना हटाएर जग्गा उपलब्ध गराउन चासो नदेखाउँदा उक्त संरचना निर्माण नहुने निश्चित बनेको छ । समितिसँग पटक–पटक जग्गा उपलब्ध गराउन आग्रह गरेको भएपनि हालसम्म जग्गा उपलब्ध हुन नसक्दा निर्माण हुन नसकेको सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापका इन्जीनियर सोनुकुमार गुप्ताले बताउनुभयो ।

आफैँसँग जग्गाको स्वामित्व भएको जिल्ला अस्पताल ब्यवस्थापन समितिले गैर ज्म्मिेवार ढंगबाट आफ्नो संरचना खालि गर्न नसक्नु र मास्टरप्लान अनुसार अस्पताल निर्माण गर्न नसक्नु दुःखद रहेको स्थानीय नागरिककर्मिहरु बताउछन ।

सिन्धुली अस्पतालको नाममा १ विघा १९ कठ्ठा जग्गा भए पनि नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सामुदायिक आँखा अस्पतालले २ कठ्ठा १० धुर र जिल्ला जनस्वास्थ्य कार्यालयले ७ कठ्ठा प्रयोग गरेको छ भने अस्पताल विकास समितिले ब्यक्तिहरुसँग सम्झौता गरि सडक क्षेत्र पट्टि २२ वटा ब्यवसायीक सटर निर्माण गर्न जग्गाा उपब्ध गराएको अबस्था छ । नयाँ संरचना निर्माणका लागी हटाउनुपर्ने पुराना संरचना(सटरहरु) जुन अस्पतालको आफ्नै जग्गामा निर्माण गरिएको छ त्यसलाई अस्पताल विकास समितिले भत्काउन नसक्दा नयाँ भवनको संरचना अटाउन नसकेको हो ।

प्रतिक्रिया