शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिणमा सुशासन सहितको सेवा मुख्य प्राथमिकता : अध्यक्ष मोक्तान

शुक्रवार , चैत्र २४, २०७९

सिन्धुली – मरिण गाउँपालिकाले सुशासन सहितको सेवालाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले बताउनुभएको छ । उहाँले समृद्ध र विकाससँगै सुशासन सहितको सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको हो । “नागरिकहरु मरिण गाउँपालिकाको कार्यालयमा प्रवेश गर्दै गर्दा उहाँहरुले साचिकै जनताको सरकार हो भन्ने प्रत्याभूति गर्ने । साथै नागरिकले भनेको समयमा १० देखि १५ मिनेटमा सेवा प्रदान गर्ने वातावरण बनाउने कसरतमा हामी छौँ । हामीले सुशासन सहितको सेवा प्रवाह गर्ने निति नै निर्माण गरेर मरिणका प्रत्येक वडा तथा शाखामा कायम गर्ने छौँ ।” उहाँले भन्नुभयो ।

सिन्धुली जिल्लाकै कान्छो तथा युवा गाउँपालिका अध्यक्ष मोक्तानले युवालाई स्वारोजगार बनाउन विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले सिन्धुली सौगात दैनिकसँगको कुराकानीमा युवालाई खेलमा जोड्ने साथै कृषिमा जोड्नका लागि विषेश योजना बनाई काम भएको बताउनुभयो । पहिलो कुरा युवालाई कसरी स्वरोजगार बनाउने भन्ने हो । रोजगारीका लागि हामीले संघ र प्रदेशसँग समन्वय गरेर विकास निर्माणको काममा युवालाई जोड्ने, त्यसको लागि श्रम सहकारी गठन गर्ने तयारीमा हामी छौँ । श्रम सहकारी मार्फत सम्पूर्ण युवालाई तीनै तहको सरकारको कार्यक्रममा पहिलो प्राथमिकता दिने छौँ । बैदेशिक रोजगारीमा जाने तथा बेरोजगार युवालाई लक्षित गरेर यो योजना तयार गरेका हौँ । साथै खेलकुदलाई नयाँ ढगंबाट अगाडि बढाउनका लागि खेलकुद विकास शाखा नै निर्माण गरेका छौँ । ” उहाँले भन्नुभयो । युवाहरुलाई खेलकुदमा जोड्नका लागि गाउँपालिकाले ४० लाख बढी रकम विनियोजन गरेको अध्यक्ष मोक्तानले बताउनुभयो ।

मरिण बासीलाई कृषिमा आत्मनिर्भर बनाउन करोडौँ लगानी गरेको उहाँले बताउनुभयो । नागरिकलाई कृषिमा आत्मनिर्भर बनाई आर्यआर्जनसँग जोड्नका लागि हेफर परियोजनसँग साझेदारी गरेर ३ करोड भन्दा बढीको कार्यक्रम संचालन भइरहेको उहाँले जनाकारी दिनुभयो । “हेफर परियोजनासँग साझेदारि गरेर झण्डै ३ करोडको कृषि र पशुको नवप्रर्वद्धन कार्यक्रम संचालन भइरहेको छ । सो कार्यक्रम मार्फत किसानलाई विउँ बोका, पाठि, सुगुर लगाएत वितरण गरेका छौँ । गोठ सुधारका लागि समेत हामीले सहयोग गरिरहेका छौँ । गाउँपालिका भित्र व्यवसायिक खे ितगर्नेलाई प्रोत्साहन गर्नका लागि हामीले अनुदानमा कृषि सामाग्री, विउँ, मल लगाएत पनि दिएका छौँ । मरिणको सम्पूर्ण क्षेत्रमा सिंचाइको सुविधाका लागि लिफ्ट मार्फत पानी ल्याउनेहरुलाई विद्युत महशुल तिर्दिने गरेका छौँ ।” उहाँले भन्नुभयो ।

आफ्नो पाँच वर्षे कार्यकालमा गाउँपालिकाको प्रत्येक वडा जोड्ने कालोपत्रे सडक निर्माण गरिने उदेश्य रहेको उहाँको भनाइ छ । “आगामी पाँच वर्षमा प्रत्येक वडा जोड्ने कालोपत्रे सडक निर्माण हुने छ । वडा कार्यालयको आफ्नै भवन निर्माण हुने छ । केहि दिन अगाडि मात्रै हामीले दुइ वटा वडाको भवन शिलन्यास गरेका थियौँ । केहि दिन मै अर्को एउटा वडाको भवन शिलान्यास गर्ने तयारीमा छौँ । ” उहाँले भन्नुभयो ।

मरिण गाउँपालिकालाई शान्त र समृद्धि बनाउने लक्षय सहित अगाडि बढिरहेको अध्यक्ष मोक्तानले बताउनुभयो । साथै पाँच वर्षको अवधिमा समृद्धि मरिण निर्माण हुने उहाँले प्रतिवद्धता समेत गर्नुभयो ।

प्रतिक्रिया