सिन्धुली – सिन्धुलीको सदरमुकाममा रहेको कमलामाई नगरपालिकाको कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० मा २५ करोड छ लाख रुपैँया बढि खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा सबैभन्दा बढि सडक तथा पूल निर्माणमा पाँच करोड नौँ लाख बढि खर्च गरेको छ ।
नेपाल सरकारको सामाजिकरण अनुदानतर्फ नगरपालिकाले आठ महिनाको अवधिमा छ करोड ३३ लाख ६४ हजार पाच सय ५६ रुपैँया खर्च गरेको छ । नगरपालिकाले समानकिरण अनुदानतर्फ चार महिनामा आठ करोड ७३ दाख ३५ हजार चार सय ४३ रुपैँया खर्च गर्न बाँकी छ । नगरपालिकाले नगरभित्र निर्माण भएको भवनको संरचनात्मक सुधारकालागि एक लाख खर्च गरेको छ । त्यस्तै, आठ महिनाको अवधिमा नगरपालिकाले १२ लाख ८० हजारबढि रुपैँयाको फर्निचर खरिद गरेको छ । विद्युत संरचना निर्माणकालागि नगरपालिकाभित्र एक लाख ९७ लाख बढि खर्च भएको छ भने २४ लाख ८० हजार बढिको तटबन्ध तथा बाँध निर्माण कार्य भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सिचाईको संरचना निर्माणकालागि ६३ लाख ९९ हजार बढि खर्च गरेको छ । कमलामाई नगरमा खानेपानी संरचना निर्माणतर्फ ४२ लाख ९० हजार र सार्वजनिक संरचना निर्माणतर्फ ३४ लाख २४ हबर, खर्च गरेको छ ।
त्यसैगरि, प्रदेश सरकराको राजश्व बाँडफाँड तर्फबाट नगरपाकिाले दुई करोड ७० लाख १६ हजार बढि खर्च गरेको छ । कुल पाच करोड नौँ हजार स्थानिय, प्रदेश र संघीय सरकारको बजेटतर्फबाट सडक तथा पुल निर्माणमा खर्चभएपनि बागमती प्रदेको राजश्व बाँडफाँडतर्फ नगरपालिकाले सडक तथा पुल निर्माणमा १४ लाख बढि खर्च गरेको छ । त्यस्थै, सार्वजनिक निर्माण तर्फ आठ लाख ३७ हजार , कार्यक्रम खर्चकालागि १८ लाख सात हजार बढि खर्च गरेको छ । स्थानियत तहबाट उठाएको राजश्वतर्फ कमलामाई नगरपाकिलाले ५६ लाख बढि खर्च गरेको छ । नगरले कर्मचारीको तालिमकैलागि आठ महिनामा तीन लाख ६९ हजार र कार्यक्रम संचालनकालागि १५ लाख १९ हजार बढि खर्च गरेको छ ।
अनुगमन मूल्यांकन खर्च तर्फ नगरले एक लाख २९ हजार बढि खर्च गरेको छ । नगरपालिकाले आठ महिनामा सवारी साधन मर्मतमै १७ लाख बढि खर्च गरेको छ । नगरपालिकाको प्रशासनिक विवरणकालागि जडित सफ्टवेयर संचालनकालािग चार लाख ५७ हजार बढि खर्च भएको छ । नगरपालिकाले भ्रमणकै लागि आठ महिनामा ३१ लाख रुपैँया नौँ हजार बढि खर्च गरेको छ । नगरपालिकाको वडा कार्यालय लगायत नगर मातहतका कार्यालय संचालनकालागिे घरभाडातर्फ सात लाख ७३ हजार बढि खर्च गरेको छ ।