शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

 बढ्दै सिन्धुलीमा सरकारी खर्च, बर्षेनी डरलाग्दो क्षती

बिहिवार , चैत्र २३, २०७९

सिन्धुली – विनास विनाको विकास नै दिगो विकास हो । वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पुर्ति गर्दै जानु दिगो विकास हो ।

केहि वर्ष पहिले सम्म नरमाईलो लाग्ने सिन्धुलीका ग्रामीण बस्तीहरुमा पनि सडक सवारीले पहुँच पाउन थालेपछि पछिल्लो समय निक्कै ग्रामीण भनिएका गाउँ–ठाउँहरुमा पनि सवारी आवागमन र चहलपहल बढ्न सुरु गरेको देखिन्छ ।

सामाजिक विकासको सवैभन्दा महत्वपूर्ण पक्ष मानवसंचारसँग जोडिनु हो । सुखःदुखमा मानवीय सेवा दिन र लिन सक्ने परिस्थितीको विकास होस भन्ने मनोकांक्षालाई सकारात्क रुपमा पनि लिनुपर्ने बाध्यातमक अवस्थाहरु पनि छन हामीसँगको बस्ती बस्तीमा भएको सडक सुविधा र संरचनालाई ।

सडक पर्वाधारको हिसाबले हेर्ने हो भने सिन्धुलीसँग झण्डै सयँ किलो मिटर(चुरे–रोशी) बिपी राजमार्ग, ७० किलोमिटर, झण्डै १ सय किलोमिटरले (कटारी–बागमती) मदनभण्डारी राजमार्गले सिन्धुलीको भुगोल र जनसंख्यालाई पुरै राष्ट्रीय राजमार्गले छोएको छ भने जिल्लाका ७ वटा स्थानीय तहरुहरु राष्ट्रीय राजमार्गले छोएका छन । तिनपाटन गाँउपालिका र घ्याङलेख गाउँपालिकालाई भने राष्ट्रिय राजमार्गले छुन सकिरहेको अवस्था छैन ।

सडक सुविधा विस्तारका कारण जिल्ला भित्र ग्रामिण क्षेत्रमा रहेका वडाबासीहरुले स्थानीय सरकार, प्रदेस सरकार तथा केन्द्रयी राजधानी काठमाडौं सम्मै सवारी सुविधामा पहुँच राख्न सक्ने अवस्थामा सिन्धुलीका ग्रामीण भेगहरु पुगिसकेको देखिएको छ ।

सडक निर्माणले सडक आसपासका जनताले घर आगनबाट सवारी साधनमा यात्रा गर्न पाएसँगै विकासका ढोकाहरू खुलेका छन् । सिन्धुलीका पुर्वी पहाडको फिक्कल, तिनपाटन गाउँपालिकाका बस्ती बस्ती बनेका कच्ची सडकहर्रुले स्थानीयको जनजीवनमा परिवर्तन ल्याएको छ । राजमार्ग र राजमार्गलाई जोड्ने भित्री सडकहरू सञ्चालनमा आउनुअघिसम्म बोटमै खेर जाने मौसमी फलफूलले अहिले आम्दानी दिन थालेको छ । राजमार्ग सञ्चालन हुनुअघि यहाँको उत्पादनले बजारको मुख देख्न पाउँदैन थियो । अहिले गाउँमै बिक्री भइरहेको छ । उनिहरुका अनुसार कुहिएर सकिने मौसमी फलफूल र तरकारीहरूले अहिले राम्रो भाउ पाउन थालेका छन् । यस क्षेत्रका किसानहरूले मौसमअनुसारका स्थानीय फलफूल बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । स्थानीय उत्पादनहरू बिक्री गर्न पाएपछि स्थानीय बासिन्दालाई जीविकोपार्जन गर्न सहज भएको छ ।

सिन्धुलीमाढी बजारको बुद्धनगर चोकमा भेटिनु भएकी सिन्धुलीको पुर्वी महाभारत गाउँ हाल फिक्कल गाउँपालिका–१ की ६५ बर्षिय कान्छीमायाँ सुनुवारले भन्नुभयो, “बिहान बजेतिर तातो खाना खाएर बोलेरो चेढेको नानी दिउसँै माढीबजारको झारिदियो ।” आमाले पहिले पहिले ३÷४ दिन लगायर महेन्द्रनगरको सखुवा बजारतिर नुन लिन हिढेको बेलाको यादलाई सम्झदै भन्नुभयो, “पहिला पहिला त पैसा भएपनि न साधन, न बाटो । अहिलेत जे पनि हुने रैछ । ” पैसा भएपछि बिकास पनि हुने, गाडि घोडा पनि हुने, चढ्न पनि पाईने आजको समयको गतिलाई देखेर आमा अचम्मीत मानिरहनु भएको थियो ।

निक्कै ग्रामीण मानिने सिन्धुलीको वुर्वी महाभाचारत क्षेत्र बाहुनल्पिुङ्ग, दमार, चनौटे तोश्रामखोला लगायतका क्षेत्रबाट समेत आजकाल नियमित सार्वजनिक सवारीसाधान सदरमुकामबाट आवत जावत गर्न थालिसकेको तिनपाटन गाँपालिका–८ का बावुराम परियार बातानुहुन्छ । ६० वर्ष उमेर पुगिसकेका परियाले भन्नुभयो, “ पछिल्लो वर्षहहरुमा सडक विस्तारले तिब्रता पाएको छ, हिउँद भरिलाई सडक र सवारी दुबै जान्छ, बर्खालागेपछि सवारी पनि छैन साधनपनि छैन । ” वर्षा सुरु भएपछि भने सडक सवै पहिरोमा परिणत हुने अनि विकास माछा ....माछा.....भ्यागुतो जस्तो हुने गरेको परियारले बाताउनुभयो ।

सिन्धुलीका कुल ७९ वटा वडाहरु मध्ये प्राय सवै वडा कार्यालयहरु सडक सञ्जालको आसपासमै रहेका छन । भने तिनपाटन र घ्याङलेख गाउँपालिकका केहि वडा कार्यालयहरु बाहेकका केहि वडा कार्यालय बाहेक सवै वडाहरुमै १२ महिना सवारी आवागमनमा कुनै अप्ठेरो नहुने अवस्था रहेको स्थानीयहरु बताउछन ।

हिउँदोको समयमा प्राय ग्रामीणक्षेत्रका स्वास्थ्यचौकी, उपस्थाथ्य चौकी, प्रहरी चौकी, विद्यालयहरु र मानवबस्तीहरु सवारी साधनको पहुँच पुग्ने गरेको भएपनि बर्षा सुरुभएपछि दैनिक सवारी दुर्धटना पहिरो र समाचारहरु आउने क्रम नरोकिने गरेको स्थानीयहरु नै बताउछन ।

दुईपाँग्रेदेखी चार पाग्रेसम्मका सवारी साधनहरु नपुग्ने जिल्लाको कुनै पनि स्थानीय बस्ती नै नभटिने गरि सडक सञ्जालको विकासमा सिन्धुलीले धेरै फड्को मारिसकेको स्थानीय दिपक मिश्र बतानउहुन्छ ।

गाउँका बस्ती–बस्तीहरु सडकको सञ्जाल भित्र जोडिनु सकारात्क भएको तथ्यलाई निरन्तर र स्थायी विकासको रुपमा नागरिकलाई दिन नसक्दा भने त्यसबाट राज्यले बर्षेनी भोगीरहेको लाखौंको घाटा अनि मानवीय समवेदना र दुखद सडक दुर्घटना जस्ता विषयहरुलाई भने कसैले कहिल्यै प्राथामिकता निदने गरेको मिश्र बताउनुहुन्छ ।

उहाँ भन्नुहुनछ, “ नेपाल भन्ने सानो देश भित्रको जम्मा २ हजार ४ सय ९१ बर्ग किलोमिटर क्षेत्रफल ओगटेको सिन्धुलीलाई बहुदल आएपछि विकास गर्न भनेर ल्याएको पैसाको मात्र हिसाब खोज्ने हो भने पनि कति बर्ग किलोमिटर बाटो पिच भैसक्थ्यो होला ? ।” विकासको नाममा आफ्नै विकास हुने गरेको कारण बर्षेनी राज्यको लाखौं रकम डुब्दै गईरहेको उहाँले गुनासो गर्नुभयो ।

दिगो किासको अवधाणा अनुरुप विकासलाई अगाढि बढाउँन नसक्दा राज्य दिनानुदिन लाखौंको घाटामा डुबिरहेको मात्र छैन त्यसका कारणले हुने मानवीय तथा भौतिक दुर्घटनाको जोखिम पनि बढिरहेको छ । त्यसपक्ष स्थानीय सरोकारवालाहरुले गम्भीर भएर समयमै ध्यान र योजना निर्माण गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया