सिन्धुली– समयमै निर्माण कार्य सम्पनन् गर्न माग गर्दै कमलामाई नगरपालिका–७ का स्थानीयहरुले प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीसँग माग गरेका छन ।
कमलामाई नगरपालिका–७ देखी तिनपाटन–२ जिर्घा खोला सम्म जाने सडक तथा कमलामाई–७ लुगेलीटार बासकटेरी हुँदै गोलन्जोर गाउँपालिका–४ चिसान्त भञ्ज्याङ्ग पुग्ने सडक बर्षा सुरु हुनुभन्दा अगाडि नै ड्रेन निर्माण तथा ग्राबेल कार्य सम्पनन् गर्नुपर्ने माग गर्दै वडा अध्यक्ष सहित स्थानीयहरु कार्यालय प्रमुखकोमा पुगेका हुन ।
कमलामाई–७ देखी जिर्घाखोला सम्मको सडक निर्माणको कार्य रु.३० करोडमा डिएस निर्माण सेवाले निर्माण कार्य गरिरहरको छ भने कमलामाई–७ देखी चिसान्त भञ्ज्याङ्ग सम्मको पक्की सडक निर्माणको कार्य रु ९ करोडमा इमानुयल निर्माण सेवाले गरिररहेको छ ।
निर्माण कम्पनीले दुई बर्षमा कार्य सम्पन्न् गरिसक्नु पर्ने सम्झौता भएपनि १ वर्ष म्याद थप हुँदा समेत निर्माणले तिब्रता पाउन सकेको छैन ।
निर्माण ब्यवसायीहरुले समयमै काम गर्न आलटाल गरेको र निर्माण कार्यको गुणस्तर समेत नभएको स्थानीय शिब बहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्षा सुरु भैसक्यो, बाटो हिड्न सक्ने अवस्था छैन । काममा ढिलाई हुँदा स्थानीयहरु दैनीक आवतजावतमा समस्या परिरहेको छ ।” सम्बन्धीत निकायलाई अनुगमन र काम तिब्रताका लागी ध्यानाकर्षण गरिएको बस्नेतले बताउनुभयो ।
प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख इन्जिनीयर देबनारायण यादबले उपभोक्ताहरुको गुनासोलाई ध्यान दिर्दै सम्बन्धीत निर्माण कम्पनीलाई तिब्र गतिमा गुणस्तरिय काम गर्न निर्देशन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ स्थानीय उपभोक्ताहरु, निर्माण कम्पनी र कार्यालय बीच असार मसान्त सम्म ग्राबेलको काम सक्ने सहमति भएको छ, तिब्र गतिमा काम अगाडि बढ्छ ।”
निर्माण कम्पनीहरुले विभिन्न् बाहाना देखाउँदै समयमा निर्माण कार्य नगर्दा ग्रामीण क्षेत्रका सडकहरु बर्षाका कारण हिलाम्मै हुने गरेका छन भने असारमा भएको विकास गुणस्तरिय र भरपर्दो हुन सकिरहेको छैन । स्थानीयहरुले सडकको