शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको जनसंख्या ३ लाख २६

शुक्रवार , चैत्र १०, २०७९

सिन्धुली– राष्ट्रिय जनगणना २०७८ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार सिन्धुलीको कुल जनसंख्या ३ लाख २६ पुगेको छ ।

तथ्यांक अनुसार १ लाख ५२ हजार ९ सय ६१ महिला र १ लाख ४७ हजार ६५ पुरुष रहेका छन । जिल्लाको जनसंख्या बृद्धिदर ०.१२ प्रतिशत रहेको छ । प्रति १०० मा लैगिंक अनुपात ०.९६ रहेको छ त्यस्तै जनघनत्व १२० रहेको छ ।

उमेर समुह अनुसारको जनसंख्यामा २० वर्ष मुनिको जनसंख्या १ लाख १७ हजार ८३ रहेको छ भने २० वर्ष देखी ४० बर्ष उमेर समुहको जनसंख्या ९२ हजार ४ सय ४८ रहेको छ ।

कुल ६९ हजार ३ सय ६४ घरधुरी मध्ये आफ्नै स्वामित्वमा घर भएकाहरुको संख्या ६४ हजार ४ सय ४७ रहेको छ भने घरको स्वामित्व नभएकाहरुको संख्या ३ हजार ४ सय ७० रहेको छ ।

कुल जनसंख्या मध्ये विबाहितको संख्या १ लाख ५२ हजार ६ सय ९ रहेको छ भने अविवाहितको संख्या ८४ हजार ७३, विधवा १० हजार ३ सय ९४ र पारपाचुके गरेर बस्नेको संख्या ३ सय ४६ रहेको छ ।

सार्वजनिक तथ्यांक अनुसार कमलामाई नगरपालिकामा ७१ हजार १६, दुधौली नगरपालिकामा ७० हजार २ सय ६, तिनपाटन गाउँपालिकामा ३४ हजार ८ सय ८९, सुनकोशी गाउँपालिकामा १८ हजार ३ सय ७५, गोलन्जोर गाउँपालिकामा १८ हजार ७ सय ३७, हरिहरपुरगढी गाउँपालिकामा २६ हजार ५ सय ५, मरिण गाउँपालिकामा २८ हजार ८ सय ८, घ्याङलेक गाउँपालिकामा १२ हजार ६ सय ५२ र फिक्कल गाउँपालिकामा १५ हजार ९ सय १० जनसंख्या रहेको छ ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार सिन्धुलीको कुल जनसंख्या २ लाख ९६ हजार १ सय ९२ रहेको थियो । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् । अन्य लिंगीको संख्या दुई हजार ९२८ छ ।

प्रतिक्रिया