शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

हिउदे वर्षाले सिन्धुलीका किसानलाई राहत

बुधवार , चैत्र ८, २०७९

सिन्धुली – लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि सुक्खापनले खंग्रिएका डाँडामा हरियाली देखिनथालेको छ । लामो समयको खडेरी पछिको वर्षाले वातावरण सफाहुनका साथै किसानलाई ठूलो राहत मिलेको हो ।

वर्षाकाकारण सहरी क्षेत्रमा बढेको प्रदूषण न्यूनिकरणमा पनि ठूलो सहयोग पुगेको छ । चैतको पहिलो साता भएको वर्षाबाट खासगरी मकै, चैते धान लगायतका बालीनाली लगाउन लागि किसानलाई सहजभएको किसानको भनाइ छ । “कात्तिक देखि फागुनसम्म वर्षा नहुँदा सुक्खापन र खडेरी बढेको थियो । खडेरीपछिको वर्षाले बालीनाली लगाउन सहज भएको छ । वातावरण सफाभएको छ”, कमलामाई नगरपालिका ४ का किसान सन्तोष विकले बताउनुभयो ।

वातावरणविद् भुषण तुलाधरले वर्षाले वातावरणलाई स्वच्छ र सफा बनाएको बताउनुभयो । “वर्षाले पर्यावरणमा सकारात्मकप्रभाव पार्छ, वातावरण सफाबनाउनुका साथै जलवायु परिवर्तनलाई कम गराउँछ”, उहाँले भन्नुभयो, “साधारणतया यो सिजनमा प्रदूषण बढी हुन्छ । लामो समयदेखि वर्षा नभइरहेको अवस्थामाभएको वर्षाले वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्नुका साथै कृषि क्षेत्रलाई ठूलो राहत मिलेको छ ।”

मार्च, अप्रिल र मेमाहुने वर्षालाई प्रि–मनसुन मानिन्छ । यो सिजनमा बिहान र दिउँसो मौसम सामान्यतया सफा रहे पनि अपरान्ह पछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । “वर्षाले वातावरण सफाभएको छ, प्रदूषण कमहुनका साथै किसानलाई पनि राहतभएको देखिन्छ ,” उहाँले भन्नुभयो ।

यस्तै, केहि दिन अगाडि सिन्धुलीको विभिन्न वनमा लागेको डढेलो नियन्त्रण समेत भएको छ । वर्षाका कारण डढेलो नियन्त्रण भएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानेले बताउनुभयो । जिल्लाको विभिन्न क्षेत्रको बनमा दैनिक पाँच ठाउँभन्दा बढीमा डढेलो लाग्ने गरेको थियो । “डढेलो नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो”, उहाँले भन्नुभयो । जताततै डढेलो बढेपछि कार्यालयले विभिन्न टोली खटाएको थियो । पछिल्लो वर्षाले नयाँ बिरुवा हुर्कन मद्दत गरेको छ । वर्षाबाट खेतीपाती गर्न राहत मिलेको छ । रुखिएको जग्गा खनजोत गर्न सहज भएको किसान बताउँछन् ।

आज देखि मौसम सुधार

हाल देशमा स्थानीयवायुसँगै पश्चिमीवायुको सामान्य प्रभाव छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभाग र तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाकोे सम्भावना छ । आज (बुधबार) देखि क्रमिक रुपमामौसम सुधार हुनेछ भने क्षणिक बदली र वर्षा भएपनिनिरन्तर मौसम प्रतिकुलभने हुने छैन । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनीप्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमातथाबाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ ।

प्रतिक्रिया