शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाई ९ भिमानमा धार्मिक महोत्सव सुरु

बुधवार , चैत्र ८, २०७९

सिन्धुली – कमलामाई नगरपालिका ९ भिमानमा श्रीमद्ववाल्मिकी रामायण महायज्ञ एवं धार्मिक महोत्सव २०७९सुरु भएको छ । जेष्ठ नागरिक सेवा सदन (बृद्ध आश्रम) र राम मन्दिर निर्माणको लागि संचालित महोत्सवको मंगलबार कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले उदघाटन गर्नुभएको हो ।

मंगलवार बिहान कलश यात्रा गर्दै सुरु भएको श्रीमद्ववाल्मिकी रामायण महायज्ञ एवं धार्मिक महोत्सव १६ गते सम्म संचालन हुने छ । रामायण पुराणमा अनन्त श्री विभुषित स्वामी चतुर्भुजाचार्य चूडामणिजी महाराजबाट कथा बाचन हुनेछ ।

कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जेष्ठ नागरिक सेवा सदन निर्माणको लागि नगरपालिकाले सहयोग गर्ने बताउदै ब्यक्तीगत रुपमा नगद ५० हजार ५ रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

श्रीमद्ववाल्मिकी रामायण महायज्ञ एवं धार्मिक महोत्सव समिति कमलामाई नगरपालिका ९ भिमानको आयोजनामा मंगलवार देखि सुरु भएको महायज्ञको चैत्र १६ गते रामनवमीका दिन लक्ष्यदिप प्रज्वलन सहित समापन गरिने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया