शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा छोरी बलात्कारको आरोपमा काका र बुबा पक्राउ

मंगलवार , चैत्र ७, २०७९

सिन्धुली – हाडनाता भित्रैका व्यक्तिहरुबाट बालिका बलात्कृत भएको आरोपमा सिन्धुली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई फरकफरक घट्नामा आफ्नै भतिजिलाई बलात्कार गरेको आरोपमा काका र छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

११ वर्षिया बालिका बलात्कार गरेको आरोपमा पिडितको १८ वर्षिय काकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) चिरञ्जीवि दाहालले बताउनुभयो । पिडितलाई धेरै अगाडी देखिनै ललाई फकाई अनैतिक कार्य गर्न उनको काकाले उक्साउने गरेको जाहेरीमा उल्लेख छ ।

नायव उपरिक्षक दाहालको अनुसार पिडितले “हामी दाजु बहिनी पर्छौ” भन्दा समेत “नाता साता मलाई थाहा छैन, मैले भनेको मान्ने भए मान्, नभए तलाई मार्न पनि सक्छु” भनि काकाले विभिन्न किसिमको डरत्रास धाक धम्की समेत दिई पटक पटक करणी गरेको जाहेरीमा उल्लेख छ ।

अन्तिम पटक गत फाल्गुन २७ गते अन्दाजी राति ११ बजेको समयमा आफ्नै घरको तल्लो तलाको कोठा भित्र पलङमा जबरजस्ती करणी गरेको भनि गत चैत्र २ गते पीडितको आमाले ईलाका प्रहरी कार्यालय भिमानमा जाहेरी दरखास्त दिएको नायव उपरिक्षक दाहालले बताउनुभयो । उक्त जाहेरी दरखास्त दर्ता गरी सोही दिन निज प्रतिवादीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको नायव उपरिक्षक दाहालले जानकारी दिनुभयो ।

त्यसैगरि, १३ वर्षिया नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा एक बुबालाई पक्राउ गरिएको नायव उपरिक्षक दाहालले बताउनुभयो । पिडितको ३४ वर्षिय बुबाले ललाई फकाई विभिन्न किसिमको प्रलोभन देखाउँदा बालिकाले नमानेपछि कुटपिट गर्छु भनि धाक धम्की डरत्रास देखाई पटक–पटक जबरजस्ती करणी गरेको जोहेरिमा उल्लेख छ ।

अन्तिम पटक गत असोज २० गते राति अन्दाजी २३ः३० बजेको समयमा घरमा अन्य मानिसहरु नभएको अवस्थामा आफ्नै घरको कोठामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भनि गत चैत्र २ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी परेको नायव उपरिक्षक दाहालले जानकारी दिनुभयो । पीडितकी आमाले जाहेरी दरखास्त दिएकोमा उक्त जाहेरी दरखास्त दर्ता गरी सोही दिन निज प्रतिवादीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको नायव उपरिक्षक दाहालले बताउनुभयो । दुईजना आरोपितको नाम प्रहरीले गोप्य राखेको छ ।

 

प्रतिक्रिया