सिन्धुली – सिन्धुलीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मदनभाण्डरी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ९ कोरुङखोलामा गत चैत ४ गते बाटो काट्नेक्रममा सोहि स्थानकी १० वर्षिया विपाशा गुवाजुलाई कारले ठक्कर दिँदा उपचारको क्रममा आज (मंगलबार) मृत्यु भएको हो ।
सिन्धुलीबाट कटारीतर्फ जाँदै गरेको बा. १५.च.९२३८ नम्बरको कारले ठक्कर दिँदा गम्भिर घाइते भएकि बालिकाको सिन्धुली जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल वासबारीमा पठाईएको थियो ।
घट्ना भएको तीन दिनपछि उपचारको क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रमुख नायव उपरिक्षक चिरञ्जीवि दाहालले जानकारी दिनुभयो । उहाँको अनुसार ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा छ ।