सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–७ भुताहाबाट ठुलो परिमाणमा गाजाँ सहित दुई युवालाई बुधबार राती प्रक्राउ गरेको छ ।
काभ्रेबाट सिन्धुली हुँदै सर्लाही तर्फ लादै गरेको ७६.५ केजी गाजाँ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरी चौकीले विशेष सुचनाको आधारमा हहिरपुरगढी गाउँपालिका वडा नं.७ भुताहाबाट २ जनालाई नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ ।

सर्लाही हरिवन नगरपालिका–२ का २३ वर्षिय प्रल्हाद कुमार पोखरेल र सोही ठाउँका ३३ बर्षिय देवकुमार स्याङतानलाई गाजाँ सहित नियन्त्रणमा लिइएको र नियन्त्रणमा लिने क्रममा प्रहरी माथि ढुंगामुडा समेत गरेकाले हवाई फायर समेत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता चिरन्जीवी दाहालले बताउनुभयो ।
मरिण तथा हरिहरपुरगढी क्षेत्रमा ब्यपापक मात्रामा गाजाँ खेती हुने तथा उक्त क्षेत्रको बाटो प्रयोग गरि लागुऔषध गाजाको ब्यापक ओसार पसार हुने गरेको समाचारहरु बारम्बार आउने गरेको भएपनि ब्यस्थित चेकजाँच र सुरक्षा ब्यवस्था नहुँदा उक्त क्षेत्रमा गाजाँ ब्यापार र खेती बढ्दै गईरहेको छ ।