शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

बोलेरो र मोटरसाईकल एकआपसमा ठोक्कीदा सिन्धुलीमा एक गम्भीर घाईते

बिहिवार , चैत्र २, २०७९

सिन्धुली– तिनपाटन गाउँपालिका–२ गैरीमा बोलेरो र मोटरसाईकल एक आपसमा मोटरसाईकल चालक गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

बिहिबार बिहान तिनपाटन–९ आम्बोटे बाट सिन्धुलीमाढी तर्फबाट आउँदै गरेको बा प्र ०१–०२७ च ४३७२ नम्बरको बोलेरो र सिन्धुलीबाट तिनपाटन तर्फ जादै गरेको ग ८ प ६४५८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा मोटरसाईकल चालक कमलामाई नगरपालिका–७ रामपुरका २५ वर्षिय तेज बहादुर सिजाली गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

बोलेरोका चालक र बालेरो प्रहरी नियन्त्रणमा रहेको र घाईतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया