शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा गुणस्तर र मापदण्ड बिहिन एम्बुलेन्स सेवा

बुधवार , चैत्र १, २०७९

सिन्धुली– जिल्लामा सरकारी निकाय, नेपाल रेडक्रश सोसाइटी, विभिन्न् संस्था तथा प्रतिष्ठान र निजी स्वास्थ्य संस्थाका नाममा सञ्चालित अधिकाशं एम्बुलेन्स सेवा गुणस्तर र मापदण्ड विपरित रहेका छन । मानवीय सेवामा सञ्चालित एम्बुलेन्सहरुले गुणस्तर र मादण्ड भने पुरा गर्ने गरेका छैनन् । एकातिर सेवाग्राहीहरुलाई चर्को भाडा तिनुपर्ने बाध्यता छ भने अर्कातिर गुणस्तरिय सेवा समेत पाउन सकेका छैनन् ।

नेपाल सरकारले एम्बुलेन्त्सहरूलाई एकद्वार प्रणालीबाट छिटो छरितो रुपमा सञ्चालन गरि आक्समिक सेवालाई प्रभावकारी र नागरिक मैत्री बनाउन राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ल्याएको भएपनि जिल्ला तहमा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको अवस्था छैन ।

एम्बुलेन्समा हुनुपर्ने न्यूनतम सामाग्रीहरु समेत रहेको पाइदैन । एम्वुलेन्सहरुले अन्य सामान्य सवारी साधन झै विरामी वोक्दै आईरहेका छन । नियमनकारी निकायको प्रभावकारी अनुगमन र नियमन गर्न नसक्दा एम्बुलेन्स सेवा प्रभावकारी हुन सकेको छैन भने सेवाको नाममा बिरामीहरुसँग मनोमानी शुल्क समेत लिईरहेको गुनासाहरु बारम्बार आउने गरेका छन ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला अस्पताल, यातायात ब्यवस्था कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र एम्बुलेन्स संचालन गर्ने संस्थाहरुबाट २ जना प्रतिनिधी सहितको जिल्ला एम्बुलेन्स ब्यवस्थाप समिति हुने भएपनी उक्त समितिले सेवाको गुणस्तर, मापदण्ड र मुल्यमा एकरुपता ल्याउन सकेको अवस्था देखिदैन ।

निर्देशिका अनुसार हाल जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरुले गम्भीर प्रकृतिका विरामीहरुको ओसार पसार गर्न पाउँदैनन् । दिर्घरोगी, डाइलोसीस, ड्रेसींग गर्नुपर्ने विरामीलाई घर देखी अस्पताल र अस्पताल देखी घर पु¥याउने बाहेक बिरामीहरुको ओसार पसार गर्न निर्देशिकाले प्रतिबन्ध गरेको छ । तर जिल्लामा सञ्चालित एम्बुलेन्सहरुले उक्त निर्देशिका विपरित गम्भीर प्रकृतिका विरामीहरुलाई लामो दुरी सम्म बिना प्रवाह ओसार पसार गरिरहेका छन ।

निर्देशिकाले पुर्व अस्पताल सेवा ब्यवस्थापनका लागी जिल्ला तह सम्म प्रेषण केन्द्रको सञ्चालन गर्ने ब्यवस्था गरेको भएपनि सिन्धुलीमा हाल सम्म प्रेषण केन्द्रको स्थापना र एम्बुलेन्स सेवाको केन्द्रीत र ब्यस्थित परिचालन गर्न सकेको अवस्था छैन ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने समितिले एम्बुलेन्स खरिद प्रकृया देखि सञ्चालन अवस्थाको अनुगमन सम्मको काम गर्नुपर्ने भएपनि त्यो काम हुन सकेको छैन । समितिले वर्षौ देखी देखीको भाडा समायोजन गर्न सकेको छैन भने आवश्यक आचारसंहित र सञ्चालनमा रहेका एम्बुलेन्सहरुले मापदण्ड पुरा गरेका छन वा छैनन् भन्ने अनुगमन समेत गर्ने गरेको छैन । जस्का कारण सर्वसाधारण सेवाग्राहीहरु एम्बुलेन्सको नाममा महंगो शुल्क तिरेर हैरानी व्यहोर्न बाध्य छन । एम्बुलेन्सबाट गुणस्तरिय र विश्वसनीय सेवा प्राप्त गर्न सकेका छैनन् ।

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका–२०७३ ले एम्वुलेन्सलाई क, ख र ग गरी तिन वर्गमा विभाजन गरेको भएपनि २०७८ मा बनेको राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले एम्बुलेन्सलाई क र ख वर्गमा मात्र विभाजन गरेको छ । अघिल्लो निर्देशिका अनुसार ग बर्गमा रहेका एम्बुलेन्सहरुले स्तरउन्नती गर्नुपर्ने भनिएपनि स्तरउन्नतीको काम हुन सकेको छैन ।

सिन्धुलीमा हाल क वर्गको एम्बुलेन्स सञ्चालनमा छैन भने सिन्धुली जिल्ला अस्पताल सिन्धुलीले ख वर्गको एउँटा एम्वुलेन्स र नेपाल रेडक्रश सोसाईटी सिन्धुलीले ख वर्गको एउँटा एम्बुलेन्स सञ्चालन गरिरहेको छ । निर्देशिकाले ग वर्गको एम्वुलेन्सलाई सामान्य जिवन सहयोगी सहित सामान्य विरामीलाई ओसार पसार गर्ने सवारी साधनको रुपमा लिइएको छ । ग वर्गका एम्बुलेन्सले गम्भिर प्रकृतिका विरामी वोक्न पाउने छैनन ।

जिल्लामा अधिकाशं एम्वुलेन्स धेरै पुराना भएका कारण चढेपछि कहाँ विग्रने हो भन्ने चिन्ताले सताउने गरेको सेवाग्राहीहरु बताउछन । एक सेवाग्राहीले भने, “एम्बुलेन्स भन्नु मात्रका छन, न समयमा पु¥याउछन, न भरोसा नै छ बरु अन्य गाडिहरु भाडामा लैजादै सम्बन्धीत ठाउँमा छिटो पुगिन्छ ।”

जिल्लामा एम्बुलेन्स सञ्चालन गर्ने सरकारी तथा गैर सरकारी निकाय र चालकहरुले पालना गर्नुपर्ने आचारसहिता समेत छैन । आफ्नै तरिकाले एम्वुलेन्स सेवा सञ्चालन भइरहेका छन ।

नेपाल रेडक्रश शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले रेडक्रश सिन्धुली शाखा र विभिन्न् उपशाखा सहित ख वर्गको एउँटा र सहित १८ वटा एम्बुलेन्स सञ्चालमा रहेको जानकारी दिदै श्रेष्ठले सकेसम्म गुणस्तरिय सेवा दिइएको बताउनुभयो । स्थानीय सरकारसँग समन्यव गरेर निर्देशीका अनुसार एम्बुलेन्सको स्तरउन्नती गर्न प्रयास भईरहेको बताउँदै श्रेष्ठले सवै पक्ष जिम्मेवार भएर लाग्न सकेमा ३ महिना भित्र सवै एम्बुलेन्सहरुलाई स्तरउन्नती गरेर गुणस्तर र मापदण्ड अनुसार सेवा प्रदान गर्न सकिने बताउनुभयो ।

नेपाल सरकारको स्वस्थ्य सेवा अन्र्तगत एम्वुलेन्स सेवा दक्ष एवम् प्रभावकारी स्वस्थ्य सेवाको एउटा अगं भएको तथ्यलाई स्विकार गरी राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ ल्याएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको अवस्था छैन । स्थानीय तहमा भरपर्दो अनुगमन र आचारसंहिताको निर्माण नहुँदा उपभोक्ताहरु समस्या भोग्न बाध्य भएका छन ।

उता प्रमुख जिल्ला अधिकारी एवं जिल्ला एम्वुलेन्स सेवा सञ्चालन समितिका संयोजक सुनिता नेपालले मापदण्ड र निर्दशिका विपरित एम्बुलेन्स सञ्चालन गरेको पाइएमा अनुगमन गरि कडा भन्दा कडा कार्वाही गर्ने बताउँदै चाडै समितिको वैठक बसेर मुल्य निर्धारण सँगै आवश्यक नितीहरुको निर्माण गरी एम्वुलेन्स सञ्चालक संस्था र चालकलाई सेवाग्राही प्रति जवाफदेही बनाउने बताउनुभयो ।

हाल जिल्लामा नेपाल रेडक्रश सोसाईटी मार्फत सञ्चालित १८, विभिन्न् निजी स्वास्थ्य संस्था तथा प्रतिस्ठान मार्फत ८ र सरकारी अस्पताल तथा स्वास्थ्य संस्था मार्फत सञ्चालित १४ सहित कुल ४० वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन ।

जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिको २०७९ भाद्रमा बसेको वैठकले जिल्लाबाट सञ्चालित एम्बुलेन्सहरुको भाडादर निर्धारण गरेको भएपनि भाडादर बैज्ञानिक नभएको र प्रभावकारी कार्यान्वयन हुन नसकेको उपभोक्ताहरुले गुनासो गर्दै आईरहेका छन ।

प्रतिक्रिया