सिन्धुली– जंगली हात्तिको आतंकबाट पिडित बनेका कमलाखोज क्षेत्रका स्थानीयहरूले जंगली हात्ती नियन्त्रणको माग गर्दै मदनभण्डारी राजमार्ग रानिवास सडक अबरूद्व गरेका थिए । जंगली हात्तिको आक्रमणबाट शनिबार बिहान स्थानीय दण्डपानी पौडेलको मृत्यू भए पश्चात आक्रोसित बनेका स्थानीयहरूले जंगली हात्तीलाई तत्काल निकुञ्ज क्षेत्रमा स्थानान्तर गरी स्थानीयको जनधनको क्षति रोक्नु पर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखी राजमार्ग अवरुद्ध गरेका थिए ।
हात्तीको व्यवस्थापन गरी सुरक्षाको प्रत्याभूत नभएसम्म सिन्धुली अस्पतालबाट शव समेत नबुझ्ने भन्दै सडक अवरुद्ध गरेका स्थानीयहरुसँग बार्ताका लागी सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गीरी, प्रहरी नायव उपरिक्षक चिन्जीवी दाहाल, बन डिभिजन कार्यालय सिन्धुलीको प्रतिनिधी मुना मगर लगायत अबरुद्ध स्थलमा पुग्नुभएको थियो ।
शनिबार भएको बार्तामा आउदो १६ फाल्गुण भित्र बिज्ञहरू झिकाई जंगली हात्ती ब्यवस्थापन गर्ने उक्त समय सम्म प्रशासनले २४ सै घण्टा सुरक्षा गस्ती गर्ने, मृतकको परिवारलाई राज्यले दिने १० लाख क्षतिपुर्ति १ महिना भित्र उपलब्ध गराउने, मृतकको आफ्न्तलाई रोजगारीको ब्यवस्था गर्ने, कमलामाई वडा नं.१३ र १४ का सबै बिधुत पोलहरूमा तत्काल बत्तिको ब्यवस्थापन गर्ने साथै जंगली हात्तिले नष्ट गरेको कृषकहरूको बालीको उचित क्षतिपुर्ति उपलब्ध गराउने सहमति भएको भएको थियो ।
तर चितवन राष्ट्रिय निकुन्जबाट शनिबार बेलुका नै आएको विज्ञ टोलीले हात्तिको ब्यवस्थापन गर्न सो क्षेत्रबाट अन्यत्र लैजान नसक्ने बताएपछि स्थानीयहरुले आईतबार विहानबाट पुन मदन भण्डारी रामार्ग अवरुद्ध गरेका छन । विज्ञ टोलिले हात्तिको स्थानान्तरणको साटो उल्टै विच्काउने काम गरेको र स्थानीयहरुमा झन आंतक थपिदिएको स्थानीय नबराज कार्कीले बताउनुभयो ।
विज्ञ टोलीले हात्तिलाई उक्त क्षेत्रबाट हटाउन इन्जेक्सनको प्रयोग गरेको र हात्तिलाई स्थानान्तरण गर्ने प्रविधिको राज्यसँग नभएकाले स्थानीयको माग सम्बोधन हुन नसकेको बन डिभिजन कार्यालय सिन्धुलीका सुचना अधिकारी हेम बहादुर थापाले जानकारी दिनुभयो ।