सिन्धुली- बर्सेनी जंगली हात्तिकाेआतंकबाट पिडित बनेका कमलाखाेज क्षेत्रका स्थानीयहरूले जंगली हात्ती नियन्त्रणकाे माग गर्दै मदनभण्डारी राजमार्ग रानिवास सडक अबरूद्व गरेका छन ।
जंगली हात्तिकाेआक्रमणबाट शनिबार बिहान स्थानीय दण्डपानी पाैडेलकाे मृत्यू भए पश्चातआक्राेसित बनेका स्थानीयहरूले जंगली हात्तीलाई तत्काल निकुञ्ज क्षेत्रमा स्थानान्तर गरी स्थानीयको जनधनको क्षति रोक्नु पर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखी राजमार्ग अवरुद्ध गरेकाे कमलामाई-१३ का वडा सदस्य भुवन माझीले बताउनुभयाे ।
हात्तीको व्यवस्थापन गरी सुरक्षाको प्रत्याभूत नभएसम्म सिन्धुली अस्पतालबाट शव समेत नबुझ्ने माझीले बताउनुभयाे । राजमार्ग अवरुद्ध हुँदा धरानचतरा–सिन्धुली हुँदै हेटौंडासम्मका आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् ।
स्थानीयसँग छलफल गरी राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुली डिएसपी चिरन्जीबि दाहालले बताउनुभयाे । हात्तिकाे आक्रमणबाट मृत्यू भएकाे परिवारलाई राज्यकाे तर्फबाट १० लाख उपलब्ध हुने साथै हात्तिकाे नियन्त्रण र ब्यवस्थापनकाे लागि राष्ट्रिय निकुञ्जसँग समन्यव गरेर नियन्त्रणमा लिने पहल भईरहेकाे जिल्ला बन कार्यालय सिन्धुलीका सुचना अधिकारी हेमबहादुर थापाले बताउनुभयाे ।