शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

जंगली हात्तीको आक्रमणबाट सिन्धुलीमा एकको मृत्यू

शनिवार , फाल्गुण १३, २०७९

सिन्धुली- हात्तीको आक्रमणबाट सिन्धुलीको कमलामाई नगरपालिका-१३ माथिल्लो रानीवासमा एक जनाकाे मृत्यू भएको छ । सनिबार विहान करिव साढे ३ वजे माथिल्लो रानीवासमा अन्नवाली खान आएको एक हात्तीले आक्रमण गर्दा स्थानीय डण्डपाणी पौडेलको मृत्यु भएको स्थनीय टेकेन्द्र कार्कीले जानकारी दिनुभएको छ ।

हात्तिकाे आक्रमणबाट घाईते हुनुभएका पाैडेलकाे भिमान स्वास्थ चौकीमा प्राथमिक उपचारपछि सिन्धुली अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो । थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी गर्दैगर्दा सिन्धुली अस्पतालमै पाैडेलकाे मृत्यू भएकाे अस्पतालले जनाएकाे छ । मृतक पौडेल मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने रानीवास सडक खण्डमा दैनिक ज्यालामा सडक सरसफाई गर्ने काम गर्नुहुन्थ्यो ।

प्रतिक्रिया