शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिणका कृषकलाई विउँ बोका र पाठी उपहार

बुधवार , फाल्गुण १०, २०७९

सिन्धुली – मरिण गाउँपालिकाका कृषकलाई विउँ बोका र पाठी उपहार दिएको छ । मंगलबार मरिण गाउँपालिका वडा नम्बर २ र ५ का किसानलाई विउँ बोका र पाठी उपहार स्वरुप प्रदान गरिएको हो ।

मरिण गाउपलिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग साथै मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपालको व्यवस्थापनमा सन्चालित “साझेदारिमा कृषी तथा पशु–पालन उद्यमशिलता विकास” परियोजना अन्तर्गत वडा नम्बर २ र ५ मा गठित स्वबलम्बी समुहका सदस्यलाइ बीउ बोका र बीउ पाठी उपहार प्रदान गरिएको हो ।

महिलालाइ आर्थिक उन्नतिका साथै उद्यमी बनाउने उदेश्यले विउ पाठी र बोका उपहार दिएको परियोजनाले जनाएको छ । वडा नम्बर २ का जम्मा ६ जना कृषकलाई १÷१ वटा बीउ बोका र वडा नम्बर ५ का ८ जना कृषकलाई १/१ वटा लाई बीउ बोका र १८ जना लाई २÷२ वटा बीउ पाठी प्रदान गरिएको छ । जम्मा १४ वटा बीउ बोका र ३८ वटा बीउ पाठि उपहार प्रदान गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया